ठोस खबर / झापा मेरिगोल्डका बिद्यार्थीले बनाएको सन्थाल जातिको जनजीवनमा अाधारित “सन्थाल” वृत्तचित्र सारजा अन्तरास्ट्रिय फिल्म फेस्टिवलमा प्रदर्शन हुने भएको छ ।

जलवायु परिवर्तनले नेपालका आदिवासीको रुपमा परिचित सन्थाल जातिको जनजीवनमा पारेको प्रभावलाई यो छोटोे चलचित्रमार्फत उजागर गरिएको छ ।

यस चलचित्रलाई गत वर्ष स्कटल्यान्डमा आयोजना भएको जलवायु परिवर्तन सम्बन्धी सेमिनार COP26 मा प्रदर्शन गरिएको थियो भने Kathmandu International Mountain Film Festival, Kathmandu (KIMFF) मा समेत छनोट भई प्रदर्शन गरिएको थियो ।

यो वृत्तचित्र यही अक्टोबर १० देखि १५ (असोज २४ गते सोमबारदेखि असोज २९ गते शनिबार) सम्म दुवैमा आयोजना गरिने Sharjah International Fim Festival मा प्रर्दशन गरिने निश्चित भईसकेको छ भने सो Festival मा विद्यालयबाट प्रतिनिधित्व गर्दै सहभागी बन्न चलचित्रकी लेखक तितिक्षा ढकाल अाफ्ना अभिभावक सहित Sharjah Dubai प्रस्थान गरिसकेकी छिन् ।

लेखक : तितिक्षा ढकाल

बिद्यालयकी छात्रा तितिक्षा ढकालको लेखन र
सन्दिपा मैनालीको निर्देशनमा निर्माण गरिएको यो चलचित्रमा
दिक्षा भेट्वाल , लक्ष्मी ओडारी , बिबेकराज पौडेल , सृजन ढकाल , अरुन खड्का र बसन्त तृतालको सहयोग रहेको छ भने यसमा शिक्षक सागर लुइँटेलको विशेष सहयोग रहेको छ ।

चलचित्र निर्माणमा सहभागी शिक्षक र बिद्यार्थी

झापा मेरिगोल्डले विद्यार्थीहरुलाई पढाई बाहेक रुचि अनुसारको अतिरिक्त क्रियाकलापमा पनि समावेश गर्दै अाएको र सयै क्रममा चलचित्र विधामा विद्यार्थीलाई समावेश गराउदै Into Film and British Council को संयुक्त आयोजनामा संचालित तालिम कार्यक्रममा सहभागी गराएको र तालिम पश्चात Into Film ले चलचित्र बनाउने सामाग्री समेत सहयोग स्वरुप बिद्यालयलाई प्रदान गरेको बिद्यालयका प्रधानाध्यापक गोकुल उप्रेतीले बताएका छन ।

माछा मार्दै सन्थाल युवक

त्यस पछि British Council ले जलवायु परिवर्तन सम्बन्धित छोटो चलचित्र तयार पार्न सक्ने बिद्यार्थीहरुको लागि नयाँ अवसर प्रदान गरेको थियो । सोही अवसरलाई सदुपयोग गर्दै झापा मेरिगोल्डका विद्यार्थीहरुले जलवायु परिवर्तन सम्बन्धी Script तयार गरी पठाएको र देशका बिभिन्न बिद्यालयबाट पठाइएका Script हरुमध्ये झापा मेरिगोल्ड विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र तितिक्षा ढकालले लेखेको “सन्थाल” शिर्षकको Script पनि छनोट भएको हो । Script छनोट भएपछि चलचित्र निर्माणका लागि विद्यालयलाई Into Film ले १ लाख ५० हजार रुपैयाँ समेत सहयोग स्वरूप प्रदान गरेको थियो । त्यसको लगतै बिद्यार्थीहरुले उक्त फिल्म निर्माण गरेका थिए र सोही फिल्म यतिबेला Sharjah International Fim Festival सम्म पुग्न सफल भएको छ ।

खना बनाउदै सन्थाल युवती

फिल्म जगत को प्रवर्द्धन को लागि दुबइ देस ले प्रत्येक बर्ष सारज अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना गर्दै अाएको बताइएको छ भने उक्त कार्यक्रम को लागि छनोट भएको फिल्मको टिमबाट एकजना विद्यार्थी छात्रा तितिक्षा ( निर्माता) र उनको अभिभावक समेतको दुबइ जाने आउने बस्ने लगायत सम्पूर्ण खर्च महोत्सव आयोजकलेनै व्यहोर्ने बताइएको छ ।

झापा कनकाई नगरपालिका ४ को ग्रामीण क्षेत्रमा रहेको झापा मेरिगोल्ड बिद्यालयले पढाइ सगै बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत निरन्तर सहभागी गराउदै जानेगरेकालेनै अाज यो सफलता हासिल गरिएको र अब अर्को पनि फिल्म बनाउन सुरु गरिसकेको बिद्यालयका सञ्चालक वेनु प्रसाद उप्रेतीले बताएका छन ।