ठोस खबर / विभिन्न उत्सव र चाडपर्वमा पर्यटनको मुख्य केन्द्र बन्दै गएको छ ईलामको माई नगरपालिका २ चेप्टीमा रहेको ह्याप्पी ड्रिम चेप्टी ।

भर्खरै सकिएको नेपालीहरुको महान चाड दशै पर्व संगै यस पर्यटकीय क्षेत्रको अवल‍ोकनमा देखीएको पर्यटकको लर्कोले पनि चेप्टी विभिन्न उत्सव र चाडपर्वमा पर्यटनको मुख्य केन्द्र बिन्दु बनेको हो भन्न सकिने देखीएको छ ।

सम्भवत नेपालको सबै भन्दा ठुलो क्षेत्रफलमा रहेको साथै निशुल्क पनि बिभिन्न खेलहरु खेल्न सकिने अनि प्राकृतिक वातावरणमा रुमलिन पाईने यस क्षेत्रमा विभिन्न ठाउँ बाट दशै मनाउन अाफ्नो घर अथवा मान्यजनकोमा आएका आम सर्वसाधारणको ध्यान चेप्टी पार्कले खिचेको देखिएको छ , जसको फलस्वरूप दशैभर चेप्टी पार्कमा अान्तरिक तथा बाह्य पर्यटकको घुईचोनै लाग्यो ।

दसै भर हजारौ पाउना पर्यटकले चेप्टि अबलोकन गरेको यहाँका मुख्य ब्यवस्थापक दिपक ढुङ्गानाले ठ‍ोस खबरलाइ बताएका छन । यो दशैमा सोचे भन्दा बढी पर्यटक देखेर चेप्टी पार्क परिवार हर्सित भएको ढुङ्गानाको भनाइ छ ।

नेपाली पर्यटकका साथै भारतीय पर्यटकको समेत दैनिक बाक्लो उपस्थित रहेको देख्दा हीजो पार्क नबन्दाको सन्नाटा, विकटता र चेप्टीमा घर छ भन्नपनि लाज लागेको बिगतको क्षण सम्झदै अहिले पार्क बनेपछी हर्षका साथ पार्क छेउमा आफ्नो घरछ भन्नपाउनु चेप्टीका बासिन्दाको अहो भाग्य भएको स्थानिय हरु बताउछन ।

नेपालमै नमुना पार्कको रुपमा पहिचान बनाउदै गरेको चेप्टी पार्कमा पानी जहाज, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा, घोडचडी, नमुना आकर्षक हिमाल, हिमलबाट बग्ने झरना, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु ड्रागन, लगायतका संरचनाहरुले त्याहाँ पुग्ने पर्यटकहरुलाई भरपुर मनोरञ्जन दिईरहेक‍ो छ । फेरि पनि दिनहुँजसो फरक फरक किसिमका थप संरचनाहरु निर्माण गरिदै जाने र दोहोर्‍याएर अाएका पर्यटकलाई पनि फरक किसिमले मनोरञ्जन दिने पार्कका सन्चालक दिनेश शिवाकोटी बताउछन ।