चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा प्रथम  कृषि  मेला आयोजना हुने भएको छ ।
आगामी  फागुन १० गते कनकाई नगरपालिका ३ स्थित निर्माणधिन नयाँ कृषि बजारमा कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा एकदिने कृषि मेला प्रदर्शनी हुन लागेको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिएका छन ।

कृषि प्रदर्शनी मेलालाई सफल पार्न मङ्गलबार कनकाईमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदर्शनीको तयारीमा रहेको कृषि मेलाका बारेमा जानकारी गराईएको थियो । अन्तरक्रिया तथा गोष्ठी कार्यक्रममा नगर प्रमुख पोख्रेलले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका नगरवासीलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले अभियान सञ्चालन गरेको जानकारी गराउदै यसलाई थप प्रभावकारी बनाउन कृषि मेलामा सहभागी हुन नगरका कृषक समुह , विभिन्न फर्म हरुलाई आग्रह गरेका छन ।

कृषकहरुले कसरी बढी भन्दा बढी सामाग्री उत्पादन गर्ने र  उत्पादीत सामाग्री  कसरी बजारीकरण गर्ने  भन्ने उदेश्यले  कृषि मेलाको आयोजना गर्न लागिएको कनकाई नगर  कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिए ।    

मेलामा नगरले निःशुल्क स्टल उपलब्ध गराउने जनाइएको छ भने कृषकहरुले उत्पादन  गरेका ९ प्रकारका तरकारी बाली, अन्य अन्न पात, उत्पादित अचार, मह गरि १७ प्रकारका सामाग्रीका साथै लोपोन्मुख कृषि औजार मदानी, ढिकी–जातो, हलो–जुवा लगायतका सामग्रीको पनि प्रदर्शनी रहने कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिए ।  मेलामा आईपिएम खेती प्रवर्द्धनलाई कसरी उत्पादन मुखी बनाउन सकिन्छ भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखिने कारितास नेपालका प्रादेशिक प्रमुख देवेन्द्र पोख्रेलले जानकारी दिए ।   

कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी, प्रशासन शाखाका प्रमुख विवेक भण्डारी, योजना शाखा प्रमुख जमुना कटुवाल, कृषि शाखा प्रमुख यदुनाथ उप्रेती, वडा न १ का वडा  अध्यक्ष शुसिलकुमार पोख्रेल, ८ का वडा अध्यक्ष  लीलाबहादुर कटुवाल, कर्मचारी विजय पाठक लगायतले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । 

कार्यक्रममा सहभागी कृषकहरुले नगरले कृषि छेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । वडाका वडा सदस्यहरु निर्मला खड्का, हरिकुमार राई, संगीता लुवागुन, दलबहादुर थापालगायत सहभागी रहेको कार्यक्रमको सन्चालन   कारितास नेपालका कृषि प्राविधिक  कट्टेलले गरेका थिए ।