चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा भोलि बुधबार बिषादी मुक्त सप्ताहको समापन कार्यक्रमको अवसरमा विभिन्न दर्जन भन्दा बढी कार्यक्रम गरिने भएको छ । कनकाई नगरमा कृषकहरुले कसरी बढी भन्दा बढी बिषादी रहित अन्नबाली उत्पादन गर्ने भन्ने उदेश्यले कनकाई नगरलाई कृषि बालीमा बिषादी मुक्त बनाउन सप्ताह कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।

कारितास नेपालको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा कनकाई नगरलाई कृषि बालीमा बिषादी मुक्त गर्नकै लागि सप्ताहको आयोजना गरिएको कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले बताउनु भयो ।

पछिल्लो समय हरेक बालीमा बिषादीको प्रयोग बढ्दै गएको भन्दै नगरमै यसलाई बिषादी मुक्त बनाउन सप्ताह अभियान सन्चालन गरिएको कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीको भनाई छ ।
बुधबार कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा जेसिस हलमा आयोजना हुने कार्यक्रममा कृषकहरुले उत्पादन गरेका विभिन्न तरकारी बालीमा कसरी बिषादी रहित बनाउने बारेमा पुर्वाच्चल कृषि क्याम्पस गौरादहका विध्यार्थी हरुबाट सचेतनामुलक र्याली साथै नाटक , रासायनिक बिषादी न्यूनीकरणमा विध्यार्थीको भुमिका विषयक वक्तृत्वकलाको कार्यक्रम समेत रहने कारितास नेपालका कृषि प्राविधिक टंकप्रसाद कट्टेलले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला भरिका २ सय बढी कृषर्कहरुको सहभागिता रहने बताईएको छ।