प्याब्सनको जिल्ला स्तरिय सांस्कृतिक प्रतियोगितामा प्यारागनले रच्यो ईतिहास

ठोस खबर / झापा प्याब्सनको जिल्ला स्तरिय सांस्कृतिक प्रतियोगितामा कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको प्यारागन एकेडेमीले ईतिहास रचेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले आयोजना गरेको जिल्ला स्तरिय सांस्कृतिक प्रतियोगिता अन्तर्गत नृत्य विधा तर्फको सबै विधामा प्रथम स्थान हासिल गर्दै प्यारागनले जिल्लामै पहिलो पटक यो ईतिहास रचेको हो ।
प्याब्सन झापाले पुस २ र ३ गते दमकमा आयोजना गरेको जिल्लाका १४ पालिका बाट सहभागी रहेको कार्यक्रममा कक्षा ५ सम्मका विद्यार्थीले आधुनिक, ८ सम्मका विद्यार्थीले राष्ट्रिय र कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीले लोक साँस्कृतिक विधामा नृत्य गरेको र यी सबै विधामा प्यारागन एकेडेमीले प्रथम स्थान हासिल गरेको विद्यालयले शुक्रबार अायोजना गरेको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा संस्थापक चम्पा खनाल सुबेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राख्दै कनकाई नगर प्याब्सनका अध्यक्ष बिनोद सुब्बाले कनकाई नगरपालिकालाई प्रतिनिधित्व गर्दै प्यारगन एकेडेमीले नृत्यका सबै विधामा प्रथम स्थान हासिल गरेर ईतिहास रचिरहदा प्यारागन एकेडेमी जतिकै कनकाई नगर प्याब्सन समेत गौरावान्वित भएको बताउनु भयो ।
प्यारागनले प्याब्सन प्रदेश र केन्द्रले आयोजना गर्ने प्रतियोगितामा पनि विजय हासिल गर्ने लक्ष्य लिएको बिद्यालयका नृत्य शिक्षक , नृत्य निर्देशक दिवस गिरीले बताउनु भयो ।
२०६४ सालमा कनकाईमा शुरु भएको प्यारागन एकेडेमी कक्षा १० सम्म संचालन भइरहेको र बिद्यालयमा ७०३ जना विद्यार्थी साथै ५७ शिक्षक तथा कर्मचारी रहेको विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले जानकारी दिनुभयो । नमुना बिद्यालयको अवधारणा अबलम्वन गर्दै अाएको बिद्यालयले कक्षा ५ , ८ र १० का परिक्षामा कनकाईमा उत्कृष्ट नतिजा निकाल्दै अाएको पनि सिटौलाले जानकारी गराउनु भयो । तेस्तै आउने शैक्षिक सत्रदेखि प्यारागन कक्षा ११ संचालनको तयारीमा रहेको बिद्यालयको संस्थापक चम्फा सुबेदीले जानकारी दिनुभयो ।
विद्यालयका संयोजक चेतन भण्डारीले पत्रकार भेटघाटमा उपस्थित सबैलाई स्वागत सहित अौचित्यमाथी प्रकाश पार्नुभएको कार्यक्रमको सहजिकरण बिद्यालयका संचार सदस्य राम निरौलाले गर्नुभएको थियो ।
