ठोस खबर , २३ जेठ / पछिल्लो समय सामाजिक सञ्जालहरुमा अफवाह फैलने सामाग्रीहरु आइरहेको वेला पत्रकारितालाई विश्वशनिय र सत्य तथ्यपरक बनाउनका लागि झापाको सुरुङ्गामा दुई दिवशीय पत्रकारितामा तथ्य जाँच तथा मोवाईल पत्रकारिता तालिमकको सुरुवात भएको छ ।
कनकाई नगरपालिकाको आर्थिक सहयोगमा आयोजित दुई दिवशीय उक्त तालिममको आयोजना सुरुङ्गा प्रेस क्लवले गरेको हो ।


तालिमममा कनकाई नगरपालिका सहित झापा जिल्लाभरका ४० जना सक्रिय पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण वरिष्ठ पत्रकार मोहन मैनालीले गर्दै आउनुभएको छ ।
आज सम्पन्न उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कनकाई नगरपालिकाकी कार्यवाहक नगरप्रमुख आशाशर्मा शिवाकोटीले पत्रकारितामा विभिन्न विकृति समेत भित्रिने गरेको बताउँदै समाचार सत्य र तथ्यपरक हुनुपर्ने र पत्रकारलाई सत्य र तथ्य समाचारको खोजीका लागि तालिमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिम उदघाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले कतिपय सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत उनीहरुले गर्ने कामहरुलाई हेरेर सबैलाई पत्रकार सम्झिदा समाजमा कतिपय भ्रमहरु समेत रहने गरेको भन्दै पत्रकारले सदैव सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाइरहेको बताउँनुभयो । यसका लागि तथ्य जाँच जस्ता तालिमले पत्रकारिताको क्षेत्रमा थप मद्धत गरेको बताउँनुभयो ।

कार्यक्रममा कनकाई नगरपालिका १ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, ३ का वडाअध्यक्ष युवराज चम्लगाई, ४ का वडाअध्यक्ष रोषन सवेदी, ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, कनकाई नगरपालिकाका योजना शाखा प्रमुख बद्रीप्रसाद दाहाल, कनकाई सामदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओली, लगायातले तालिमबाट सिकेका ज्ञानसीपलाई पत्रकारिताको क्षेत्रमा खर्चन सुझाव दिनुभयो ।

सुरुङ्गा प्रेस क्लवका अध्यक्ष लीलाराज झापालीको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत उपाध्यक्ष सिएम शर्माले गर्नुभएको थियो भने संचालन सचिव मनोज बस्नेतले गर्नुभएको थियोे । दुई दिनसम्म सुरुङ्गाको होटल डिलाईटमा भइरहेको तालिममा वरिष्ठ पत्रकार मोहन मैनालीले समाजमा कसरी तथ्य जाँच गर्ने र प्रभावकारी मोवाईल पत्रकारिता कसरी गर्ने भन्ने वारेमा प्रशिक्षण दिनुहुने छ ।