ठोस खबर / झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० की वडा सदस्य तथा नगरसभा सदस्य कोपिला चिमरिया मैनालिले अाफ्नो जन्मदिनको अवसरमा सोमबार एक विषेश कार्यक्रम गरी बिद्यार्थीलाई झोला बितरण गर्नुका साथै ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ ।

जन्मोत्सवको नाममा हुने फजुल तथा अनावश्यक देखासिकी खर्चलाई सदुपयोग गरी समाज कल्याणमा लगाउनु पर्छ भन्ने भावनाले कोपिलाले शिवसताक्षी १० टेक्रा स्थित दिपेन्द्र अाधारभुत बिद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा तीनसम्मका ८० जना विपन्न विद्यार्थीलाई झोला वितरण गर्नुभएको हो ।
सोही अवसरमा बिद्यालयका २ जना ज्येष्ठ महिला अभिभावक सीता सुवेदी र लिलादेवि भट्टराईलाई समेत कोपिलाले सम्मान गर्नु भएको छ ।

समाजमा जन्मोत्सव तथा विभिन्न उत्सबको नाममा गरिने ठुलठुला पार्टीले फजुल खर्च मात्रै नभएर ज्यानै जाने सम्मका घटनाहरु हुनेगरेको सुन्दै अाईरहेको बेला युवा नेतृ कोपिलाले अाफ्नो जन्मोत्सवमा सामाजिक कार्यगरी उदाहरणीय काम गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै उहाँ बाट अरुले पनि शिक्षा लिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्रा रोशनले वताउनु भयो ।

जन्मोत्सवमा अाफ्नो बिद्यालयका विपन्न बिद्यार्थीलाई झोला वितरण गर्नुका साथै ज्येष्ठ महिला अभिभावकलाई सम्मान समेत गर्नुभएकोमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष कुमार सिंह साँवाले कोपिला चिमरिया मैनालली सहित उहाका जीवन साथी समाज सेवी कपिल मैनालीलाई अाभार सहित धन्यवाद ज्ञापन गर्नु भयो ।

तेस्तै बिद्यालयका प्रधानाध्यापक महेस खड्काले जन्मोत्सवको अवसरमा कोपिलालाई अागामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्न सक्ने सामर्थ्य मिलिरहोस भनी शुभकामना साथै सम्मान ब्यक्त गर्नु भयो ।