झापाको बुद्धशान्तिमा काठको मुङ्ग्रो र फलामको हमरले अाफ्नै साथीको हत्या

बिर्तामोड , २० माघ / झापाको बुद्धशान्ति ३ स्थित पाथिभरा ब्लक उद्योगमा कना गर्ने दुई श्रमीक विच सामान्य विवाद हुदा साथीले प्रहार गरेको काठको मुङ्ग्रो र फलामको हमरबाट एकजना श्रमिकको मृत्यु भएको छ ।
बुद्धशान्ति ३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर याङवरक गाउँपालिका नागी घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङलाई शुक्रबार साँझ ७ः५० बजेको समयमा झापा शिवसताक्षी ८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले काठको मुङ्ग्रो र फलामको हमर प्रहार गर्दा घाइते भएका सेनेहाङको उपचारको क्रममा मृत्युु भएको झापा प्रहरीले जनाएको छ ।
उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अवस्था गम्भीर भई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा शनिबार बिहान ५ः१३ बजे उपचारको क्रममा सेनेहाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
कुटपिट गर्ने पुरकोटीलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ईप्रका धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।
