रिजन तिम्सिना , ठोस खबर / कनकाइ नगर अन्तर मावि स्तरीय वतृृत्ववकला प्रतियोगितामा कनकाई नगरपालिका ४ स्थित सिंह देवि मावि प्रथम भएको छ ।

कनकाइ वडा नम्बर सात स्थित भृकुटी माध्यमिक बिधालयको प्राङ्गणमा बिहीबार कनकाइ नगरपालिका वडा बाल संजालको आयोजना तथा कनकाइ नगरपालिका वडा नम्बर सातको आर्थिक सहयोगमा सम्पन कनकाइ नगर अन्तर मावि स्तरीय वतृत्वकला प्रतियोगितामा सिंह देवि माविबाट अर्जुन चापागाईं प्रथम भएका हनु । त्यस्तै गरि दोस्रो फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालयबाट जिज्ञासा दाहाल र तेस्रो प्यारागन एकाडेमिबाट कृतिसा रेग्मी भएकी छिन ।
प्रतियोगितामा निर्णायकको भुमिकामा बाल कल्याण अधिकारी उमानाथ दकाल र कनकाइ नगर शिक्षा शाखा बाट रोहित पौडेल रहेका थिए ।
प्रतियोगितामा ७ वटा बिधालयका बिद्यार्थीहरुले भाग लिएका थिए भने दुई सय भन्दा बढीको उपस्थित रहेको थियो ।

कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर सातका वडाध्यक्ष भीष्म भुषण सिटौलाको बिशिस्ट आतिथ्यता रहेको थियो ।
त्यसतै गरि वडासदस्यहरु , दुर्गापुर प्रहरी बिटका प्रतिनिधि , शिक्षक प्रतिनिधि , अन्य वडाका बाल संजाल प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

सरस्वती वडा बाल संजालका अध्यक्ष सुप्रीम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बाल संजाल सचीव रिजन तिम्सिनाले गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत उपाध्यक्ष अम्बिका गोस्वामिले गरेकी थिईन ।