श्रीकृष्ण परोपकार संस्थाको १६ अौं साधारण सभामा संस्थापक साथै जेष्ठ अभिभावक लाई सम्मान
ठोस खबर / झापाको कनकाई नगरपालिका ४ शान्ति टोल स्थित श्रीकृष्ण परोपकार संस्थाको १६ अौं बार्षिक साधारणसभा शुक्रबार संस्थाको सभाहलमा सम्पन्न भएको छ ।
संस्थाले साधारण सभाको अवसर पारेर संस्थापक अध्यक्ष राम लामालाई उहाँले संस्था स्थापनामा पुर्याउनु भएको योगदानको कदर गर्दै कदर पत्रबाट सम्मान गरेको छ । तेस्तै जेष्ठ अभिभवक द्वय हरिमाया बिमलि र मकरध्वज सुवेदीलाई जेष्ठ अभिभावकको रुपमा सम्मान पत्रबाट सम्मान गरेको छ । साथै संस्थाबाट संचालित श्रीकृष्ण कृतन मण्डीको हरेक कार्यक्रममा सम्मानजनक सहभागीता जनाउँदै अाउनुभएका संस्थाका जेष्ठ सदस्य हरि प्रसाद दाहाललाई उहाँको सक्रियताको कदर गर्दै प्रशंसा पत्रबाट सम्मान गरेको छ । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रोशन सुवेदी , अतिथि कार्यपालिका सदस्य लक्ष्मी कटुवाल कार्की , संस्थाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टिकाराम अधिकारी , जग्गा दाता सामाजिक ब्यक्तित्व , शिक्षा सेवी पुण्य प्रसाद पौड्याल लगायतले दोसल्ला अोडाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष टिकाराम अधिकारीले संस्थाको हाल सम्मको गतिविधि र भावि कार्यक्रम तथा रणनीति समेत समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । त्यसैगरी संस्थाका कोषाध्यक्ष खगेन्द्र कुमार श्रेष्ठले अार्थिक बर्ष २०७९/०८० को सात लाख पन्चानब्बे हजार छ सय चार रुपैयाँ बराबरको प्राप्ति तथा भुक्तानी रकम समेत समेटिएको अार्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । सभाले उक्त दुवै प्रतिवेदनमा बृहत् छलफल गरि पारित समेत गरेको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले यस संस्थाको बृहत्तर हितको निम्ति यसअघि पनि स्थानिय सरकारले सहयोग गर्दै अाएको र भावि दिनहरुमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनु भयो । तेस्तै कार्यक्रममा जग्गा दाता सामाजिक ब्यक्तित्व , शिक्षा सेवी पुण्य प्रसाद पौड्याल , शिक्षा सेवी दुर्गा प्रसाद चापागाईं , सगोल महिला कृषि सहकारी संस्थाकी अध्यक्ष विन्दा थापा , सम्मानितको तर्फबाट संस्थापक अध्यक्ष राम लामा लगायतले शुभकामा मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शुरेस गुरुङ, शान्ति टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र डाँगी ,कनकाई सामुदायिक वनका कार्यसमिति सदस्य तथा टोल संयोजक भवानी निरौला , सगुन महिला कृषि सहकारी संस्थाकी अध्यक्ष कला चापागाईं लगायतको अातिथ्य रहेको थियो भने संस्थाका सदस्यको उल्लेख्य उपस्थित रहेको थियो ।
संस्थका सचिव होमनाथ पराजुलीले संचालन गर्नु भएको कार्यक्रममा उपस्थित सवैलाई स्वागत संस्थाकी उपाध्यक्ष रामजी देवी गौतमले गर्नुभएको थियोे ।