ठोस खबर / सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा प्रहरी बिट निर्माण सम्पन्न गरि उद्घाटन गरिएको छ ।

कनकाई नगरपालिकाको आर्थीक सहयोग तथा स्थानिय र प्रहरीको सकृय सहभागितामा २ कठ्ठा नम्बरी जग्गामा जस्ताको छानो भएको ४ कोठे पक्की भवन निर्माण सम्पन्न गरी मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

प्रहरी बिट निर्माणका लागि चौध लाख रुपया लागेको बताईएको छ । उक्त अस्थायी प्रहरी बिटको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोखरेलबाट उत्घाटन गरी अस्थाई प्रहरी बिट दुर्गापुर लाई हस्तान्तरण गरीएको छ ।

कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्र. उ. दुर्गाराज रेग्मीले यस क्षेत्रमा प्रहरी बिट निर्माण गरि प्रहरीलाई हस्तान्तरण गरेकोमा यश कार्यमा सहयोग पुर्याउने कनकाई नगर पालिका , स्थानीय संघसंस्था , बुद्धिजीवी , समाजसेवी लगाय सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यो प्रहरी बिट जति सुन्दर छ यहाबाट प्रहरिले दिने सुविधा पनि त्यतिनै सुन्दर र विश्वासको रहेने पनि वताँउनु भयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलय अनारमनीका प्रमुख प्र. ना. उ. सुरज कार्की , ईप्रका सुरुङ्गा प्रमुख प्र.ब.ना.नि . प्रबिन कुमार भट्टराई , बिभिन्न राजनैतिक दलका प्रतिनिधी , संघसंस्थाका प्रतिनिधि , स्थानिय बुद्दीजिबी , लगायतको उपस्थीती रहेको थियोे ।
कनकाई न.पा. ७ का वडा अध्यक्ष भिष्मभुषण सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई स्वागत सम्भु पोखरेलले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन राज याङ्थपो(राजा)ले गर्नुभएको थियोे ।