झापा , ३ फागुन / झापाको कचनकवलमा सर्पले डसेर
एकजना महिलाको मृत्यु भएको छ ।

बिहिवार बिहान सर्पको डसाईबाट स्थानीय टिकामाया दाहालको मृत्यु भएको हो ।

कचनकवल १ की ६५ वर्षीया दाहाललाई बिहान ११ः३० बजेको समयमा खेतमा काम गरिरहेको बेला सर्पले डसेको थियो ।

उनलाई उपचारका लागि बिर्तामोड स्थित बिएन्डसी अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।