सुरुङ्गा ,१९ फागुन / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माध्यमिक बिद्यालयमा डिल्ली गौतम स्मृति प्रतिष्ठानले निशुल्क आँखा तथा दन्त शिवीर सञ्चालन गरेको छ ।
शिविरमा कन्काइ माविका २ हजार विध्यार्थीहरुले प्रत्यक्ष सेवा लिएको अायोजक संस्था डिल्ली गौतम स्मृति प्रतिष्ठानका सचिव विनोद रानाले जानकारी गराएका छन् ।

कनकाई माविका बिद्यार्थी साथै बिद्यालय परिवार लाई लक्षित गरि फागुन १७ गते र १८ गते आँखा तथा दन्त शिवीर आयोजना गरिएको अायोजक संस्था डिल्ली गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिनु भयो । उहाँले विद्यार्थीहरुएले मोबाइल बढी चलाउने र आखा खराबी हुन् सक्ने भएकोले विद्यार्थीहरुलाई निशुल्क आखा शिविर संचालन गरिएको बताउनु भयो ।

झापा क्षेत्र नं. ४ का सघिंय सासंद एलपी साँवा लिम्बूले आफ्नो क्षेत्रका सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई स्वास्थ्य तथा सक्षम बनाउने उदेश्यले आफुहरुको अगुवाइमा संकल्प प्रतिष्ठानले डिल्ली गौतम स्मृति प्रतिष्ठान सगँ मिलेर काठमाण्डौ विएम फाउण्डेशनको प्राविधिक सहयोगमा शिवीर आयोजना गरिएको बताँउनुभयो ।

प्राविधिक सहयोग गर्ने कान्तिपुर डेन्टल कलेज तथा टिचिडं अस्पतालका अध्यक्ष डाँ बुद्दिमान श्रेष्ठले विद्यार्थीको दात,मुख र आखा सम्बन्धी के समस्या छ त्यसको पहिचान गरेर स्स्वास्थ्य शिक्षा दिनु यस शिवीरको उदेश्य रहेको वताउनु भयो ।

विद्यार्थीहरुले समेत निशुल्क आखा तथा दातको शिवीर संचालन भएको प्रती खुसी व्यक्त गरेका छन् ।