ठोस खबर / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई बहुमुखी क्याम्पसमा नेपाल भारत मैत्री संघ, सुरुङ्गा उपशाखाले शुक्रबार अायोजना गरको स्वास्थ शिविरमा ७६० जनालाई सेवा प्रदान गरिएको छ ।

एक दिवसीय उक्त निशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगसँग सम्बन्धीत ७६० सेवाग्राही लाभान्वीत भएको नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाका सभापति अर्जुन बोहाराले जानकारी दिनुभयो ।

जेनरल मेडिसिन , मुटु रोग , प्रसुति तथा स्त्री रोग , वाल रोग , नाक , कान , घाँटि सम्वन्धी समस्या , छाला तथा यौन रोग , हाडजोर्नि तथा नसा , शल्यक्रिया , दन्त रोग , आँखा जाँच , रेडियोलोजि , इसिजि जाँच , इकोकार्डियोग्राफि , ल्याव परीक्षण साथै निशुल्क औषधि वितरण गरिएको शिविरमा प्राध्यापक, कर्मचारी, विद्यार्थी , अभिभावक , जेष्ठनागरिक लगायतले सेवा लिएका थिए ।

एक भव्य समारोहका विच कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चिकित्सक डा.भोला रिजालले उद्घाटन गर्नुभएको कार्यक्रममा विशिष्ट अतिथि भारतिय राजदुतावासका पिअाईसिसि सतेन्द्र दैया , कनकाई नगर उपप्रमुख अाशा शर्मा शिवाकोटी , नेपाल भारत मैत्री संघका केन्द्रीय महासचिव बोध कृष्ण सुवेदी , कनकाई क्याम्पस प्रमुख विकास उप्रेती , नोवेल अस्पताल विराटनगरका मार्केटिङ म्यानेजर नवीन दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , बुद्धिजीवी , समाजसेवी , शिक्षासेवी ,स्वास्थ्यसेवीको बाक्लो उपस्थित रहेको थियोे ।

नेपाल भारत मैत्री संघ, सुरुङ्गा उपशाखाको आयोजनामा भएको शिविरमा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, कनकाई सामुदायिक वन उपभोक्ता समूह र ज्येष्ठ नागरिक संघ झापाको सह आयोजना तथा नोवल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोग रहेको थियोे ।

नेपाल भारत मैत्री संघ, सुरुङ्गा उपशाखाका सभापति अर्जुन बोहराको अध्यक्षतामा भएको कार्यक्रममा अौचित्यमाथी प्रकाश कार्यक्रम संयोजक यदु अधिकारीले पार्नु भएको थियोे भने उपस्थित सबैलाई स्वागत सह अायोजक कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम अोलिले गर्नु भएको थियोे । कार्यक्रम संचालन नेपाल भारत मैत्री संघ, सुरुङ्गा उपशाखाको उपाध्यक्ष कविता बस्नेतले गर्नुभएको थियो ।