ठोस खबर / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको संगीत साधना कला केन्द्रले विभिन्न साङ्गीतिक प्रस्तुति र श्रष्ठा सम्मान गर्दै अाफ्नो २१ औ बार्षिक उत्सब सम्पन्न गरेको छ ।

कला केन्द्रले शनिबार लायन्स क्लब अफ सुरुङ्गाको सभाहलमा भव्य साङ्गीतिक कार्यक्रम गर्दै आफ्नो स्थापनाको २१ औ बार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा साधना कला केन्द्रका तवला प्रशिक्षक दिनेश घिमिरेले गित संगीतको संयोजन गर्नुभएको थियोे भने कला केन्द्रका बिद्यार्थीहरुले एकल र सामुहिक गरी दुई दर्जनभन्दा बढी गित , संगीत प्रस्तुत गर्नुभएको थियो ।

यसैक्रममा कार्यक्रममा लामो समयदेखि स्थानीय क्षेत्रमा रहेर गित संगीतमा पुर्याएको योगदानको कदर गर्दै संगीतकर्मी कुमार पालुङ्गालाई नगद सहित सम्मान गरिएको थियो । पालुङ्गाले आफ्ना १७० भन्दा वढी गितहरुमा संगीत भर्नका साथै गित रचना र अभिनय समेत गर्नुभएको छ ।

कार्यक्रममा नेपालका बरिष्ठ गितकार तथा कार्यक्रमका प्रमुख अतिथि शिव शंकर थापा , बिशिस्ट अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , वरिष्ठ गितकार तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी , लायन्सका डिस्ट्रिक ३२५ सि का क्याविनेट सेक्रेटरी लिला प्रसाद चिमरिया लगायतले शुभकामना मन्तव्य राख्दै गित संगीतका माध्यमबाट समेत कनकाई नगरपालिकाको प्रचार विश्वसामु पुर्याउन यसका संस्थापक अध्यक्ष ध्रुब पाठक र संगित साधना कला केन्द्रको अहम भुमिका रहेको बताउँनुभयो ।

कार्यक्रममा बोल्दै संगीत साधना कला केन्द्रका संस्थापक तथा देशकै उत्कृष्ट संगित सर्जक समेत रहनुभएका ध्रुब पाठकलले आफुले कनकाई नगरिमै रहेर विगत ५० बर्षदेखि संगीत क्षेत्रको मात्रै सेवा गरिरहेको र आफुले कुनै प्राप्तिको आशा समेत नराखेको बताउँनुभयो । पाठकले भन्नुभयो “मबाट संगीत सिक्ने शिक्षार्थीहरुले राम्रै तरक्की समेत गरिसकेका छन र म यसमै खुशी पनि छु । संगीतमा साधना गर्नेकाम हिजो पनि छाडिन र भोलीका दिनमा समेत निरन्तर रहिरहने छु ।”

यसै विच पाठकले संगीत साधना कला केन्द्रले अक्षयकोष स्थापना गरेको पनि जानकारी गराउनु भयो । स्थापना गरेको अक्षयकोषको ब्याजबाट संगीत सर्जकलाई हरेक बर्ष सम्मान तथा पुरस्कृत गरिदै लैजाने समेत पाठकले वताउनु भयो । स्थापना गरेको अक्षयकोषमा संगीत प्रेमी , समाजसेवी केही दाताहरुले कार्यक्रममै रकम प्रदान गर्नुभयो भने केही दाताहरुले प्रदान गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा कनकाई नगर उपप्रमुख अाशा शर्मा शिवाकोटी , साहित्यकार शिक्षासेवी कोमल प्रसाद प‍ोखरेल , शिक्षासेवी डा. पुण्यप्रसाद पौडेल , साहित्यकार प्रा. डा. गोपीकृष्ण खतिवडा , देविभक्त श्रेष्ठ लगायतको विषेश अातिथ्यता रहेको थियो । तेस्तै जिल्लाभरका संगीत विद्यालयका प्रमुख तथा प्रतिनिधि , स्थानिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , नगर क्षेत्रका सामुदायिक साथै निजि बिद्यालयका प्रमुख तथा प्रतिनिधि , संगीत विद्यालयका संस्थापक , अभिभावक , बुद्धिजीवी , समाजसेवीको अातिथ्यता रहेको थियोे ।

संगित साधना कला केन्द्रका अध्यक्ष तुलसा तिम्सिना पाठकको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रका संस्थापक धुर्व पाठकले साधना केन्द्रको संक्षिप्त परिचय साथै कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै उपस्थित सवैलाई स्वागत गर्नु भएको थियोे । कार्यक्रमको सन्चालन साधना केन्द्रका सचिव दिलिप कुमार खतिवडा र सदस्य लेखनाथ गुरगाइले गर्नु भएको थियो ।