ठोस खबर / झापाको कनकाई नगरपालिका ४ ले फरक ढङ्गले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

वडाले मार्च ८ अर्थात ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वडा भित्र वसोवास गर्दै अाउनु भएका १०० बर्ष पुग्नु भएका ४ जना आमाहरु , प्राणघातक रोगी ६ जना आमा दिदि बहिनीहरु र १० जना पुर्ण अपाङ्गता जिवन बिताउदै अाउनु भएका आमा दिदि बहिनीहरु गरि २० जना आमा दिदि बहिनीहरु लाई घर घरमा पुगी सम्मान गर्दै नारी दिवस मनाएको हो ।

रोग संग लड्ने शक्ति प्राप्त होस भन्ने हेतुले उहाँहरुलाई कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदी , कार्यपालिका सदस्य लक्ष्मी कटुवाल कार्की , परिषद सदस्यहरु मन्दिरा दियाली , मोहन सङ्ग्रौला , राजु प्रसाईं साथै वडाका सम्पुर्ण कर्मचारी सहितको टोलिले घरघरमै पुगेर दोसल्ला अोडाई सम्मान गर्नुका साथै फलफुल लगायतका पोषिलो खाद्य सामाग्री प्रदान गर्दै दिर्घ जिवनको कामना सहित नारी दिवशको शुभकामना प्रदान गरेको वडा अध्यक्ष सुवेदीले वताँउनु भयो ।