अन्तर्राष्ट्रिय नारी दिवसमा कनकाई १ द्वारा चार उद्यमी महिला सम्मानित

कनकाई ,२५ फागुन / झापाको कनकाई नगरपालिका वडा नं. १ ले चार जना उद्यमी महिलालाई सम्मान गरेको छ ।
आज ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ कालिका शक्तिपीठ (मैनाली भवन) मा आयोजित सम्मान तथा सांस्कृतिक कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा व्यसाय सञ्चालन गरी आफैँ आत्मनिर्भर र आर्थिक उपार्जन गरिरहेकी कनकाई १ की अपाङ्गता भएकी मेनुका अधिकारी, युवा उद्यमी इन्दिरा पाण्डे भण्डारी, एकल महिला कला थापा र एकल महिला सूर्यकुमारी जोगीरहेको वडा सदस्य हरिकुमार राईले जानकारी दिएका छन ।
कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य अम्बिका राजवंशी, कार्यक्रमका सभाध्यक्ष वडा सदस्य सञ्जिता घतानी ल्वागुन लगायते उनीहरुलाई सम्मान गरेकन हुन ।

कार्यक्रममा प्रमुख अतिथि राजवंशीले नारी दिवसको शुभकामना दिँदै महिला पुरुष समान भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताईन । उनले महिला अधिकारका कुरा बोलीमा मात्र नभई व्यवहारमा समेत लागू गर्नुपर्नेमा जोड दिइन ।
कार्यक्रममा नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, कनकाई नगरपालिकाको महिला, बालबालिका शाखा प्रमुख टिका खतिवडा, प्रगतिशील वडा स्तरीय बाल क्बलका अध्यक्ष उर्मिला भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा पूर्व कार्यपालिका सदस्य सीता भट्टराई अधिकारी, प्रजापति कृषि सहकारी अध्यक्ष विमला अधिकारी, सुस्त मनोस्थिति सरोकार समाजका भगिरथा चापाँगाई पोखरेल, नेपाली काग्रेश वडा सभापति मनोज बस्नेत ,नेकपा एमाले वडा सचीव दलबहादुर विश्वकर्मा , नेकपा माओवादी केन्द्र बाट प्रतिनिधि खगमाया चापागाईं , प्रजापति सामुदायिक वन अध्यक्ष मात्रिका पोखरेल, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष सरला दाहाल पोखरेल, पशुपति प्राविका प्रधानध्यापक खेम कार्की लगायतको विशेष अतिथ्य रहेको थियो ।
कार्यक्रममा वडा सदस्य दलबहादुर थापा, हरिकुमार राई, पूर्व जनप्रतिनिधि देविप्रसाद अधिकारी, पुष्पहरी चौधरी, कनकाई नगरपालिकाको स्वास्थ्य शाखा प्रतिनिधी टिकामाया दवाडी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, महिला समूहहरुले नृत्य, गीत, संङ्घिनी कविता लगायतका प्रस्तुति दिएका थिए ।
वडासदस्य सञ्जिता घतानी ल्वागुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सचिव कमला विश्वकर्माले गरेकि थिइन भने कार्यक्रमको सञ्चालन वडा सदस्य निर्मला खड्काले गरेकी थिइन ।
