ठोस खबर / झापाको कनकाई नगरपालिका ३ मा रहेको ग्लोबल एडुकेयर एकाडेमीले शनिबार अाफ्नो २२ अौं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ ।

बिद्यालय परिसरमा मनोरञ्जनात्मक कार्यक्रम गर्दै मनाईएको बार्षिक उत्सवमा विद्यालयका बिद्यार्थीहरुले कक्षागतरूपमा सामूहिक नृत्य , गायन प्रस्तुती , कविता , वक्तृत्वकला, नाटक लगायतका सांस्कृतिक कार्यक्रम गर्नुभएको थियो भने शिक्षक शिक्षिकाले समेत नृत्य प्रस्तुत गर्नुभएको थियोे । 

कार्यक्रममा बिद्यालयले विभिन्न समयमा गराएको अतिरिक्त कृयाकलापमा सहभागी विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै पुरस्कार समेत वितरण गरेको थियोे ।

बिद्यालयका संस्थापक सदस्य बिशाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख शिवाकोटीले आफ्ना नानीबाबुहरुको पहिलो गुरु अभिभावक भएकाले बिद्यालयको मात्र भर पर्न नहुने बताउनु भयो । शिवाकोटीले बिद्यालयमा अभिभावकले समय समयमा सम्पर्क गरेर अाफ्ना नानीहरूको बारेमा जानकारी लिन र दिन अभिभावकलाई सुझाव समेत दिनुभयो ।

कनकाई नगर प्याव्सन अध्यक्ष वीनोद सुब्बा , कनकाई माविका प्रअ कर्ण बहादुर डाँगी , अभिभावक तथा एक्सल बैकका म्यानेजर शिव गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई, कनकाई २ का वडाध्यक्ष बलराम राई (प्रताप), कार्यपालिका सदस्य कृष्णमाया भुजेल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर लामा, रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सभापति वालकृष्ण प्रसाईं , संगित साधना कलाकेन्द्रका संस्थापक धुर्व पाठक , इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराई, बिद्यालयका पिटिए अध्यक्ष दिनेश भट्टराई नगरका विभिन्न निजी तथा संस्थागत किद्यालयका प्रअ तथा प्रतिनिधि , विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा उपस्थित सबैलाई स्वागत बिद्यालयका लेखा प्रमुख रामकुमार भुजेलले गर्नुभएको कार्यक्रमको पहिलो सत्रकको संचालन बिद्यालयका शिक्षक घनेन्द्र खड्कालले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रमको संचालन किद्यालयमा कक्षा २ मा अध्ययनरत बिद्यार्थी दिपशिखा वास्तोला र कक्षा ४ मा अध्ययनरत विद्यार्थी समीक्षा कट्टेलले गर्नु भएको थियो ।

नर्सरीदेखि कक्षा १० सम्म सञ्चालन रहेको ग्लोबल एडुकेयर एकाडेमीमा ५ सय ३६ जना बिद्यार्थी अध्ययनरत रहेको र ३७ शिक्षक तथा कर्मचारी रहेको बिद्यालयका प्रिन्सिपल बिमान लामाले बताउनु भएको छ ।