भेट्रान कप : धुलाबारीलाई ३-१ गोल अन्तरले हराउँदै दुधे सेमिफाइनलमा प्रवेश

ठोस खबर / झापाको सुरुङ्गामा जारी प्रदेश स्तरीय भेट्रान कप फुटबल प्रतियोगीतामा दुधे भेट्रान क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
कनकाई भेट्रान क्लब सुरुङ्गाको आयोजनामा कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेलमैदानमा जारी प्रतियोगिताको मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा धुलाबारी भेट्रान क्लबलाई ३-१ गोल अन्तरले हराउँदै दुधे भेट्रान क्लब सिवसतासी सेमिफाइनलमा प्रवेश गरेको हो ।

दुधेको जितका लागि खेलको पहिलो हाफको ११ अौं मिनेटमा दुधेका खेलाडीले धुलाबारीको पेनाल्टी एरियामा प्रहार गरेको गोल धुलाबारीका खेलाडीलाई ठोकिएर अात्माघाती गोलमा परिणत हुदा दुधेले अग्रता लिएको थियो ।
खेलको ११ अौं मिनेटमै धुलाबारी संग १-० गोल अन्तरले अग्रता लिएको दुधेले खेलको २७ अौं मिनेटमा जर्सि नं. ११ का खेलाडी
मोहन तामाङले गरेको गोल संगै अग्रता दोब्बर बनाएको थियो ।
खेलको पहिलो हाफको थप समयमा धुलाबारीका जर्सि नं. ११ का खेलाडी सुजन शाक्यले गोल गर्दै दुधे संगको गोल अन्तर घटाएका थिये ।
खेलको पहिलो हाफमा २-१ गोल अन्तरले अग्रता लिएको दुधेले खेलको दोस्रो हाफको ४ मिनेटमा जर्सी नं. ११ का खेलाडी मोहन तामाङले गोल गरेसगै धुलाबारी संगको गोल अन्तर ३-१ बनेको थियो ।
खेलको समयावधि भर दुधे धुलाबारी माथि हावी बनेको खेलमा धुलाबारीले थप गोल गर्न नसके पछी दुधे ३-१ गोल अन्तरले विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको म्यान अफ द म्याच दुधेका जर्सि नं. ७ का खेलाडी रमेश गुरुङ घोषित भए । उनलाई प्रसन्न ज्वेलर्स सुरुङ्गाले स्पोन्सर गरेको नगद २ हजार पुरस्कार ज्वेलर्स संचालक तारानाथ प्रसाईंले प्रदान गरे ।

मंगलबारको खेल संगै क्वाटरफाइनलको खेल सकिएको छ भने बुधबारदेखि सेमिफाइनल खेल सुरु हुनेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा बिर्तामोड भेट्रान र बिराटनगर भेट्रान बिच प्रतिस्पर्धा हुने र विहिबार हुने दोस्रो सेमिफाइनलमा अायोजक कनकाई भेट्रान र दुधे भेट्रान बिच हुने कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राईले जानकारी गराउनु भएको छ ।
झापा, मोरङ र सुनसरीका ८ वटा टिमको सहभागीता रहेको प्रदेश स्तरीय प्रतियोगिताको फाईनल खेल चैत १० गते शनिवार हुने छ । प्रतियोगिताको विजेताले नगद पुरस्कार १ लाख १ हजार र उपविजेताले नगद ६५ हजार रुपैयाँ , प्रमाणपत्र , ट्रफी र मेडल साथै म्यान अफ द टुर्नामेन्टले नगद ५ हजार प्राप्त गर्ने क्लबका सचिव तथा प्रतियोगिताका प्रचार प्रसार समिति संयोजक रमेश चन्द्र मैनालीले जानकारी गराउनु भयो ।