भद्रपुर / झापाको पृथ्वीनगरमा खन्ती प्रहारबाट एकको मृत्युु भएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो ।

सनमको हत्या उनकै साथी अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कमान र सनम साथी हुन् । कमान गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा बिहिवार बिहान अन्दाजी ५ बजेको समयमा खन्तीले सनमको टाउकोमा प्रहार गरी कमानले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरी कमान घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पुरानो रिसिविले हत्या गरेको हुन सक्ने बताइएको छ ।