चन्द्र बस्नेत , ठोस खबर / नेपाल स्वणकार समाज झापाले फागु अर्थात होली मिलन कार्यक्रमको आयोजना गर्दै बिद्यार्थी साथै समितिमा रही उत्कृष्ट कार्य गर्नेलाई सम्मान गरेको छ।

होली पर्वको पुर्व सन्ध्यामा शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा उच्च शिक्षामा अध्ययनरत जिल्ला स्थित सदस्यका छोराछोरीलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा नेहा साह ( धुलाबारी )श्रवण कुमार सुनार ( भद्रपुर ) शन्तोश साह ( बिर्तामोड ) र गौरी साह ( भद्रपुर ) रहेका छन ।

त्यसैगरी समितिमा रहि उत्कृष्ट काम गर्ने अन्य सात जनालाई पनि सम्मान गरिएको थियो । जसमा दिननाथ प्रसाद साह , प्रभु सुनार , गङ्गाप्रसाद साह (सुनार) , मणि साह , गौतम साह , मदन साह र आरती देवी साह रहेका छन ।

समाजका अध्यक्ष अनिलकुमार साहको सभापतित्त्वमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका उप-प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथ संग्रौलाले फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने जस्ता कार्य नगर्न आग्रह गर्दै स्वणकार समाजले गरेको जस्तै उदाहरणीय कार्यक्रमको सबैले सिको गरी सब्य तरिकाले पर्व मनाउन अनुरोध गरे । फरक प्रसङ्गमा बोल्दै प्रमुख अतिथि संग्रौलाले समाजले भवन निर्माणका लागि जग्गाको प्रक्रिया अघि बढाएको हुदा नगरको तर्फबाट भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै संस्थापक सचीव असोककुमार साहले सात वर्ष अघि स्थापना भएको समाजले हरेक पर्व तथा उत्सव मनाउदै आएको र पछिल्लो पीडिलाई पनि सहि संस्कार पुस्तान्तरण गर्नकै लागि होलिपर्व आयोजना गरेको स्पष्ट पारे ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं.३ का वडा अध्यक्ष मदन बुढाथोकी , वडा नं. ४ का अध्यक्ष राहुल शर्मा, वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईं , बिर्तामोड उध्योग बाणिज संघका अध्यक्ष राजु न्यौपाने ,बिर्तामोड छ्ट सेवा समाज महिला अध्यक्ष हेमलता चौधरी , समाजका भद्रपुर अध्यक्ष राजु साह, धुलाबारी अध्यक्ष मनिस साह, पुर्व अध्यक्ष जयकुमार श्रार्फ, दिनेश शर्मा, जयप्रकाश साह,कृष्ण श्रार्फ, विजय श्रार्फ,असोक साह सुनसरी महासचिव उमेश सहनी लगायतले शुभकामना मन्त्त्वय राखेका थिए ।


कार्यक्रममा दर्जन भन्दा बढी होली विशेष नृत्य समेत प्रस्तुत गरिएको थियो । श्रवण कुमार साहले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव किसोनकुमार सहनीले गरेका थिए ।

यस बर्ष चैत ११ गते आइतबार पहाडी जिल्लामा र चैत १२ गते तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।