काठमाडौं ,१५ चैत / माध्यामिक शिक्षा परीक्षा (एसइई) अाज (बिहीबार) बाट सुरू हुदैछ ।

बिहान ८ बजेबाट परिक्षा सुरू हुनेछ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ । एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको । परीक्षा बनाउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

यस वर्षको एसइईमा दुई लाख ५० हजार ७७२ छात्रा छन् भने दुई लाख ५३ हजार ६२७ छात्र छन्। १५ जना अन्य समूहबाट एसइई दिन लागेको बोर्डले जनाएको छ।

देशभरका दुई हजार ६४ केन्द्रमा ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिने बोर्डले बताएको छ ।