सञ्चारकर्मी निरौलालाई मातृशोक

सुरुङ्गा, १७ चैत / कनकाई सुरुंगा प्रेस क्लवका अध्यक्ष एवं कनकाई खबर अनलाइन पत्रिकाका संचालक / सम्पादक रामप्रसाद निरौलालाई मातृशोक परेको छ । उहाँकी आमा हेमकला निरौलाको आज (शनिबार) विहान ९:३० बजे कनकाई वडा नं. ७ कालिमुडा स्थित निजी निवासमा ७० वर्षको उमेरमा निधन भएको हो ।
स्व. हेमकलाका श्रीमान टिकाराम निरौला ,छोरा बुहारी राम प्रसाद + शान्ता नीरौला हुनुहुन्छ भने छोरी , ज्वाईहरुमा ईन्दु + भरत अधिकारी ,गोमा + तारानिधी दवाडी, लक्ष्मी + राम कट्टेल, नर्वदा + डम्बर बराल ,कल्पना + भिम भण्डारी ,ईन्दिरा + दुर्गा पोखरेल ,गीता + दामोदर भट्टराई रहनुभएको छ । त्यस्तै ६ जना नाति , ८ जना नातिनी र २ जना पनातिनी रहनुभएको पारिवारिक श्रोतले जनाएको छ ।
स्व. हेमकलाको शनिबार साझ नै पवित्र कनकाई माईको पुर्वी घाटमा अन्त्यस्टी गरिएको कनकाई सुरुंगा प्रेस क्लबका सचीव मनोज बस्नेतले जानकारी दिनुभयो । स्व. हेमकला मेचीनगर प्रेस क्लवका अध्यक्ष डम्बर बरालको सासुआमा पनि हुनुहुन्थ्यो।