ठोस खबर / झापाको कनकाई नगरपालिका ४ मा रहेको झापा मेरिगोल्ड अङ्ग्रेजी माध्यमिक बिद्यालयले बिहीबार शैक्षिकसत्र २०८० क‍ो नतिजा प्रकाशन संगै विविध सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयले बार्षिक नतिजा प्रकाशनको अवसर पारेर विविध सास्कृतिक कार्यक्रम गर्नुका साथै यसै बर्ष वाट सुरु गरिएको मेरीगोड तारा छनौटको प्रक्रिया समेत सम्पन्न गरेको छ ।

बिद्यालमा शैक्षिकसत्र सुरु भएसंगै समयसमयमा गरिएको गायन प्रतियोगिता मार्फत छनौट हुभएका उत्कृष्ट १० मा पर्न सफल विद्यार्थी हरुको अन्तिम प्रतिस्पर्धाबाट प्रथम मेरिगोल्ड तारामा सुवास पाठक छनौट हुनुभएको छ । उहाले मेरीगोल्ड तारा बने सँगै नगद ५ हजार पुरस्कार प्राप्त गर्नुभएको छ भने , उहालाई सुरुङ्गामा लामो समयदेखि सन्चालनमा रहेको संगित साधना कलाकेन्द्रमा एक वर्ष निशुल्क संगीत सिकाउने कलाकेन्द्रका संस्थापक धुर्वपाठकले उद्घोष गर्नुभएको छ । तेस्तै मेरिगोल्ड ताराको फस्ट रनर अफ एन्जिला अाछामे बन्दै नगद ३ हजार पुरस्कार प्राप्त गर्नु भएको छ भने , सेकेन्ड रनर अफ रिदिमा ढकाल बन्दै नगद २ हजार प्राप्त गर्नु भएको छ । बिद्यालयले उत्कृष्ट १० सहभागीलाई सान्त्वना पुरस्कार समेत प्रदान गरेको छ ।

मेरिगोल्ड तारा छनौटको लागि अन्तिम १० उत्कृष्ट प्रतिस्पर्धि बिचको प्रतियोगिताको निर्णायकमा सनलाइट रेकर्डिङ स्टुडियोका सन्चालक तथा संगित प्रशिक्षक कृष्ण योञ्जन र संगित साधना कलाकेन्द्रका संस्थापक तथा संगित प्रशिक्षक धुर्व पाठ रहनु भएको थियोे ।

कार्यक्रममा बिद्यार्थीहरुले प्रत्यक्ष वाद्यवादनमा गायन प्रस्तुती गर्नुका साथै , नृत्य , योगा , कविता , मन्तव्य जस्ता प्रस्तुति दिनुभएको थियो । तस्तै कार्यक्रममा शैक्षिकसत्र २०७९ को एसइईमा “ए” प्लस ल्याएका बिद्यार्थी र शैक्षिकसत्र २०८० मा विभिन्न अतिरिक्त कृयाकलापमा सहभागी भई उत्कृष्ट हुनुहुने बिद्यार्थीलाई बिद्यालयले सम्मान गर्ने कार्यक्र रहेको पनि जानकारी गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै बिद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका अध्यक्ष गोकुल उप्रेतीले बिद्यार्थीलाई सिक्ने , बुझ्ने कुरामा बिद्यालयले गर्ने महत्त्वपूर्ण पाटो सहजिकरण गर्ने रहेको र यसकालागी बिद्यालयले शिक्षकलाई मासिक रुपमा तालिमको ब्यवस्था गर्दै अाएको बताउनु भयो । उहाले बिद्यालयले बिद्यार्थीलाई विभिन्न कृयाकलाप मार्फत ज्ञान दिदै अाएको र यसलाई अझ ब्यवस्थित गर्दै जाने पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै बिद्यालय संचालन समितिका अध्यक्ष वेनु उप्रेतीले झापा मेरिगोल्ड अभिभावककै साथ र सहयोगले अब्बल बिद्यालयको रुपमा स्थापित हुन सकेको बताउनु भयो । उहाले अवको समयमा बिश्वमै प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नु पर्ने अवस्था रहेकोले बिद्यालयले गुणस्तरीय शिक्षा साथै विविध अतिरिक्त कृयाकलापमा समेत बिद्यालयले जोड दिदै अाएको पनि प्रस्ट पार्नु भयो ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकृष्ण उप्रेती , बिद्यालय संचालन समिति सदस्य टिकाराम अधिकारी , बिद्यालय व्यवस्थापन तथा लेखा शाखा प्रमुख नारायण उप्रेती , बिद्यालय व्यवस्थापन समितिका सदस्य त्रय सुमित्रा नेपाल , विवेक शिवाकोटी , डिल्ली प्रसाद मैनाली , महिला राष्ट्रिय क्रिकेट टिमको खेलाडी रमा थापा , जनकल्याण मावि मदरगाछका साहायक प्रअ कमल पाठक , बिद्यालयका संरक्षकहरु धनमाया उप्रेती , टेक बहादुर अधिकारी , सुनिता उप्रेती , चन्द्रकला उप्रेती, बिद्यालयका अभिभावक लगायतको अातिथ्यता रहेको थियोे ।
अौपचारिक कार्यक्रमको सन्चालन शिक्षक सन्तोष बराइलीले गर्नु भएको थियोे भने सांस्कृतिक कार्यक्रमको सन्चालन बिद्यार्थी द्वय कृष्णा बुढाथोकी र प्राप्ति पाठकले गर्नुभएको थियोे ।