बिर्तामोड २० बैशाख,

नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग ९वाइसिएल० झापाले छैटौ जिल्ला सम्मेलन गर्ने भएको छ । वाइसिएलले बिहीवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेरआउँदो बैशाख २२ गते बिर्तामोड स्थित सिटि सेन्टरको सभा हलमा जिल्ला भेला गर्न लागेको जानकारी दिएको हो ।

नेकपा ९माओवादी केन्द्र० झापाका संयोजक संयोजक राजु आचार्य ९अग्नि० ले बिर्तामोडस्थित सिटी सेन्टरमा बैशाख २२ गते वाइसिएलको झापा जिल्ला भेला सम्मेलन हुन लागेको जानकारी दिए । केही बर्ष अघिदेखि निस्कृय रहँदै आएको माओवादीको युवा संगठन वाइसीएललाई चलायमान बनाउने उदेश्यले जिल्ला सम्मेलन आयोजना गरिएको पार्टी झापा संयोजक राजुले बताए । पार्टीको युवाहरुको संगठन वाइसिएललाई सृढिद्धिकरण गरेर झापामा पुनः उर्जाशिल बनाउने उदेश्यले जिल्ला फेला आयोजना गरिएको हो ।

जिल्ला भेलाको उद्घाटन प्रदेश इन्चार्ज हरिबोल गजुरेलले गर्ने कार्यक्रम तय भएको बताइएको छ । माओवादी केन्द्रका उप–महासचिव अजम्बर राई, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो, केन्द्रिय सदस्य रन्जित तामाङ, शुसिला घिमिरे लगायतले जिल्ला भेलामा सम्बोधन गर्ने पार्टीका कोशी प्रदेश सचिवालय सदस्य हिक्मत घिमिरे ९डिल्ली० ले बताए । सम्मेलनले वाइसिएल झापाको ७५ सदस्यीय नयाँ कार्यसमिति बनाउने छ । जसमा भेलाले ५३ सदस्यीय चयन गर्नेछ भने अन्य सदस्य समितिले मनोनित गर्ने बताइएको छ । भेलामा एक हजार ७ सय वढी युवाहरुको सहभागीता रहने जनाइएको छ । भेलाले नगरबाट एक जना महिलासहित ४ जना र गाउँपालिकाबाट एक जना महिलासहित ३ जनालाई समेटेर नेतृत्व चयन गर्नेछ ।

सोही कार्यक्रमकाबिच झापा जिल्ला खुल्ला नृत्य प्रतियोगिताको अडिसनबाट छनौट भएका ५ जना प्रतियोगीको फाइनल प्रतिष्पर्धा समेत हुने वाइसिएलका झापा संयोजक राजु दर्नालले बताएका छन् । पत्रकार सम्मेलनमा वाइसिएलका केन्द्रिय सदस्य शिवराज घिमिरे, डेभिड शाही, प्रेम ल्वागुन, कोशी प्रदेश इन्चार्ज कर्मा पुलामी मगर, कोशी प्रदेश संयोजक कुमार आचार्य, सदस्य हिमाल शर्मा, बिनोद मण्डललगायतको उपस्थिति रहेको थियो ।
सम्मेलनको सहजीकरण पुष्प खड्काले गरेका थिए ।