बिर्तामोड / पश्चिमबाट पुर्व तर्फ अाउदै गरेको बस चारपानेमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ ख ३००९ न. को बस शनिवार चारपानेमा बाटो दक्षिणपट्टि पल्टिदा बसमा सवार २८ जना घाईते भएकका हुन ।

दुर्घटनामा झापा गौंरीगञ्ज गाउपालिका वडा नम्बर-४ बस्ने बर्ष २४ को चमारु मालि, सोही ठाउँ बस्ने बर्ष १९ को रवि कोच, बर्ष २२ को अजय कोच, गौरिगन्ज-२ बस्ने बर्ष २० का शंकर आस्था, २९ को प्रेमोद ताजपुरीया, गौरीगन्ज-१ बस्ने बर्ष २२ को भरत राजवंशीको शरीरको बिभिन्न ठाउँमा चोटपटक लागेको छ भने अन्य २२ जना सामान्य घाइते भएका छन् ।

दुर्घटनामा अहिलेसम्म २८ जना घाइतेलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको छ ।  सामान्य घाइतेको उपचारपछि फर्किएका इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।