झापा , १५ जेठ / झापाको मेचीनगर नगरपालिका ३ निन्दा खोलामा पौडि खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका ३ बडाखाल बस्ने ४० बर्षिय धनराज भण्डारी रहेको जिल्ला प्रहरि कार्यलयले जनाएको छ ।

पौडि खेल्ने क्रममा मंगलबार दिउसो १ बजे निन्दा खोलामा डुबेर बिहोस भएका भण्डारी लाई स्थानियले देखी उद्धार गरी उपचारको लागि वीएण्सी अस्पताल बिर्तामोड लगीएकोमा दिउँसो २ : ३४ बजे उपचारको क्रममा डाक्डरले भण्डारीलाई मृत घोषणा गरेको प्रहरिले जानएको छ ।
घटना स्थलको मुचुल्का ईप्रका काकडभिट्टाको टोलीले सम्पन्न गरि सकेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको वताइएको छ ।