धारिलो हतियार प्रहार गरी बृद्धाको ह*त्या

झापा , १४ असार / धारिलो हतियार प्रहारबाट झापाको भद्रपुर नगरपालीका वडा नं. २ डिगाँउमा एक बृद्धाको मृ*त्यु भएको छ ।
मृ*त्यु हुनेमा स्थानीय ७० बर्षिय गौरीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । बुधबार दिउसो ३: ३० बजेको समयमा स्थानीय अन्दाजी ३५/४० बर्षको राजेश तामाङले घरमै गई गौरिमाया तामाङको घाँटीको दाहिने भागमा सिक्कल प्रहार गर्दा बृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी गराएको छ ।
लुकिछिपी वसेको अवस्थामा स्थानिय राजेश तामाङलाई प्रहरिले पक्राउ गरि थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
