लायन्स क्लब अफ कनकाई सुरुङ्गाले गर्यो पद हस्तान्तरण

ठोस खबर / लायन्स क्लब अफ कनकाई सुरुङ्गाको २०२३/२०२४ को नेतृत्वले २०२४/ २०२५ को नेतृत्वलाई पद हस्तान्तरण गरेको छ ।
क्लबले अाईतबार सुरुङ्गामा एक कार्यक्रमका बिच रुपनारायण खतिवडाको नेतृत्वमा सर्वसम्मत रुपमा चयन भएको कार्य समितिलाई पद हस्तान्तरण गरेको हो ।
यस अघिनै पनि क्लबको नेतृत्व सम्हाली सक्नुभएका खतिवडालाई केहिदिन अघि सम्पन साधारण सभाले सर्वसम्मत रुपमा पुन: अध्यक्षमा चयन गरेको थियो ।
क्लबको विधानमा प्रथम उपाध्यक्षनै अध्यक्षको जिम्मेवारमा रहनु पर्ने प्रावधान हुदाहुदै पनि यस क्लबका प्रथम उपाध्यक्ष लायन सन्दिप बाबू प्रसाइले आफ्नो काम विशेषले झापा बाहिर रहनु पर्ने भएकाले लायन्सको अध्यक्षको जिम्मेवारी समाल्न नसकिने कुराको जानकारी गाराए पछि आगामी वर्षको लागि पुर्व अध्यक्ष रुपनारायाण खतिवडाले पुन: अध्यक्ष पदको जिम्मेवारी लिनु भएको हो ।
त्यस्तै कार्यसमितिमा प्रथम उपाध्यक्षमा मानबहादुर दाहाल कुमार, दितिय उपाध्यक्षमा लोकेन्द्र खड्का (पन्कज), तृतीय उपाध्यक्षमा राजकिशोर चौधरी, सेक्रेटरिमा विवेक शिवाकोटी, ट्रेजररमा पन्कज मन्डल, जोइन्ट सेक्रेटरी लता चिमरिया र जोइन्ट ट्रेजरर तारा तिवारीलाई साधारण सभाले जिम्मेवारी सुम्पेको थियोे ।
साधारण सभाले २०२४/२०२५ का लागि चयन गरेको कार्य समितिका अध्यक्ष खतिवडालाई प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रीक ३२५ सि का द्वितीय भाइस डिस्ट्रीक गभर्नर इलेक्ट लायन लिलाप्रसाद चिमरियाको उपस्थितिमा २०२३/२०२४ का अध्यक्ष संजय गजुरेलले अध्यक्षको पिन प्रदान गर्दै जिम्मेवारी सुम्पिनु भएको छ भने कार्यक्रममा २०२३/२०२४ का सचिव लोकेन्द्र खड्का (पन्कज)ले २०२४/२०२५ का सचिव विवेक शिवाकोटीलाई माईन्युट साथै २०२३/२०२४ का कोषाध्यक्ष राजकिशोर चौधरीले २०२४/२०२५ का कोषाध्यक्ष पन्कज मन्डललाई हिसाब खाता प्रदान गर्नु भएको छ ।

तेस्तै अध्यक्ष गजुरेलले अाफ्नो कार्यकाल सफल वनाउन अहोरात्र लाग्ने सिङ्गो कार्यसमिति , संस्थापक अध्यक्ष , पुर्व अध्यक्षहरु , सञ्चारकर्मी लगायत हरेक क्षेत्रवाट सहयोग पुर्याउनुहुने सम्पूर्णप्रति अाभार ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि चिरियाले यस पटक लायन्स क्लब अफ कनकाई सुरुङाको संस्थापक अाफुनै डिस्ट्रीक ३२५ सि को द्वितीय भाइस डिस्ट्रीक गभर्नर जस्तो गरिमामय पदमा पुगेकोले डिस्ट्रिकका सबै क्लबले यस क्लबलाई बिशेष तवरले हेर्ने भएकोले समाजीक क्षेत्रमा थप शसक्त भएर अघि बढ्नु पर्ने अबस्थामा यस अघि पनि एक कार्यकाल सफलता पुर्वक सम्पन्न गरिसक्नु भएका अनुभवि ब्यक्ति पुन: अध्यक्षमा रहदा पक्कै पनि क्लबले थप नमुना काम गरे देखाउने विश्वास व्यक्त गर्नु भयो ।

पुर्व अध्यक्षहरु गंगाराम दाहाल , मनोज बस्नेत , डम्बर थापा साजन , संचार कर्मी लिलाराज झापाली , सिएम शर्मा लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रम बर्ष २०२३/२०२४ को प्रथम महिला प्रमिला गजुरेल , बर्ष २०२४/२०२५ को प्रथम महिला टिकादेवी खतिवडा लगायतको उपस्थित रहेको थियो ।
