रोटरी सुरुङ्गको अध्यक्षमा लुवराज र रोट्रयाक्टमा प्रतापबाबु

ठोस खबर / रोटरी क्लब अफ सुरुङ्गाको अध्यक्षको कार्यभार लुवराज उप्रेतीले र रोट्रयाक्ट क्लब अफ सुरुङको अध्यक्षको कार्यभार प्रतापबाबु जम्मरकट्टेलले सम्हाल्नु हुनुभएको छ ।
क्लबले शनिवार सुरुङ्गामा एक कार्यक्रम गरि पदहस्ताण गरे संगै रोटरिमा उप्रेती र उहाँको टिमले र रोट्रयाक्टमा कट्टेल र उहाँको टिमले कार्यभार सम्हालेको हो ।
कार्यक्रममा रोटरीका अध्यक्ष लुवराज उप्रेतिलाई कार्यक्रमका प्रमुख अतिथि रोटरीका पास्ट डिस्टिक गभर्नर सन्तोष रिजालले रोटरी कलर , एसिस्टेन डिस्ट्रिक गभर्नर विनोद बस्नेतले ग्यावेल र संस्थापक अध्यक्ष एलपी उप्रेतीले प्रमाण पत्र प्रदान गर्दै पद हस्तान्तरण गरिएको हो ।
तेस्तै रोट्रयाक्टका अध्यक्ष प्रतापबाबु जमर कट्टेललाई रोट्रयाक्ट जोन पर्सन पानस प्रज्वल अधिकारीले रोट्रयाक्ट कलर , निवर्तमान अध्यक्ष सारिका गीरीले ग्यावेल र संस्थापक अध्यक्ष डा. मनिस उप्रेतिले प्रमाणपत्र प्रदान गर्दै पद हस्तान्तरण गरिएको हो ।

रोटरिको अन्य पदाधिकारीहरुमा प्रेसिडेन्ट ईलेक्ट डिल्लीराम मैनाली , नोमीनी अर्जुन बोहोरा , फस्ट भाईस प्रेसिडेन्ट अखिल कोईराला , सेकेन्ड भाईस प्रेसिडेन्ट सरला दाहाल पोखरेल , थर्ड भाईस प्रेसिडेन्ट शिव कुमार गिरी सेक्रेटरी सोमनाथ उप्रेती , ट्रेजरर उषा यदुका अोली रहनु भएको छ । त्यसैगरी सर्जेन्ट्ड अाम्स मेनुका उप्रेती शिवाकोटी , सर्भिस प्रोजेक्ट चेयर राम निरौला , पब्लिक ईमेज चेयर कमल कट्टेल , मेम्बर सीप चेयर मिनाल तिम्सिना ,एड्मिन सेकेन्ड चेयर रेनुका मैनाली युथ सर्भिस चेयर बम बहादुर कुँवर , द रोटरी फाउन्डेसन चेयर खेम प्रसाईं र ईन्भाईरमेन्ट चेयर ख्याम अोली चयन हुनुभएको छ । रोटरी क्लबको नयाँ सदस्यमा मिलन अोलि , विनु अोली र सुमित्रा तिम्सिना चयन हुनु भएको छ ।

त्यस्तै रोट्रयाक्टको अन्य पदाधिकारीमा प्रेसिडेन्ट ईलेक्ट दिवाकर तिवारी , फस्ट भाईस प्रेसिडेन्ट डा. मुकेश शाह , सेकेन्ड भाईस प्रेसिडेन्ट सारदा कुमारी कारक , सेक्रेटरी कमल न्यौपाने , ट्रेजरर प्रतीक्षा ढुङ्गेल , जोएन्ट सेक्रेटरी कृष्टि खतिवडा उप्रेती , जोएन्ट ट्रेजरर सितल पोखरेल रहनु भएको छ । त्यसैगरी कम्युनिटी सर्भिस चेयर हेमा बास्कोटा , क्लब एडमिन चेयर कृतिका पाण्डे , प्रोफेसनल डेभलपमेन्ट चेयर रिसव सिं चाहार , ईन्टरनेशनल चेयर दिक्षा राई , रोटरी फाउन्डेसन चेयर सविन खरेल , स्पेसल एरिया प्रोजेक्ट चेयर कृष्ण पुरी , मेम्बरसिप डेभलपमेन्ट चेयर किरण गीरी , पब्लिक ईमेज चेयर सोहन उप्रेती , रोटरी युथ लिडर दिपीन अोली , लर्निङ्ग फ्यासालिटर रोसन शाह , अाईटी अफिसर जेनिस चम्लागाई , एसजिटी एट अाम्स गंगा दाहाल र क्लब मनिटरमा डा. मनिस उप्रेती चयन हुनु भएको छ । रोट्रयाक्कको नयाँ सदस्यमा सुमन भारती , जोस्ना अधिकारी , गौरव खरेल र एन्जिला उप्रेती चयन हुनुभएको छ । रोटरी र रोट्रयाक्टका सबै पदाधिकारीले सपथ ग्रहण समेत गरिसक्नु भएको छ ।

कार्यक्रममा रोटरिले फागुन १४ , १५ र १६ गते सुरुङ्गामा अायोजना गरेको कनकाई कला संस्कृति तथा साहित्य महोत्सवमा कलाकृति प्रदर्शन गरी सहयोग गर्नु हुने मुर्तिकार हिम्मत नेम्वाङ , चित्रकार पवन राजवंशीलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ भने रोटरिलाई विशेष सहयोग पुर्याउने बर्ष २०२३/२४ का एसिस्टेन गभर्नर सन्दिप दिपु चापागाई लाई सम्मान पत्रले सम्मान गरेको छ । त्यसै गरी महोत्सवमा सहयोग पुर्याउनुहुने संगित बिद्यालय , डान्स सेन्टर , संघ संस्था , बिद्यालय , स्थानीय सरकार , ब्यवसायी साथै ब्यक्तिगत सहयोगी हरुलाई कदर पत्रबाट सम्मान गरिएको छ ।

कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा रोटरी बर्ष २०२३/२०२४ का अध्यक्ष शिव कडेल र रोट्रयाक्ट बर्ष २०२३/२०२४ का अध्यक्ष सारिका गीरीले अाअाफ्नो कार्यकालमा गरिएको कार्यबारे जानकारी गराउदै अबको समितिले अझ प्रसंशनिय कार्य गर्न सकोस भनी शुभकामना ब्यक्त गर्नु भयो भने रोटरी क्लबका अध्यक्ष लुवराज उप्रेती र रोट्रयाक्टका अध्यक्ष प्रतापबाबु जमरकट्टेलले स्विकारोक्ती मन्तव्य राख्दै रोटरिको उदेश्य अनुरुपको काममा लगनशिल भएर अघिबढ्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमा प्रमुख अतिथि रोटरीका पास्ट डिस्टिक गभर्नर सन्तोष रिजाल एसिस्टेन डिस्टिक गभर्नर विनोद बस्नेत , रोट्रयाक्टका जोन पर्सन पानस प्रज्वल अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
रोटरी र रोट्रयाक्ट क्लबका विभिन्न उच्च पदमा रहनु हुने पदाधिकारी , क्लबका पुर्व पदाधिकारी जिल्ला र जिल्ला बाहिरका क्लबका प्रमुख तथा प्रतिनिधि , स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , बुद्धिजीवी , समाजसेवी ब्यक्तित्वहरुको उपस्थितमा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत रोटरीका ईलेक्ट प्रेसिडेन्ट डिल्लीराम मैनालीले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन रोटरि र रोट्रयाक्टका सचिव द्वय सोमनाथ उप्रेती र कमल न्यौपानेले गर्नुभएको थियो ।
