ठोस खबर / लामो समय देखि साहित्य क्षेत्रमा कलम चलाउदै अाउनु भएका साहित्यकार होम सुवेदी मनोजबाबु ( लक्ष्मीप्रसाद ) स्मृति पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

कनकाई प्रतिभा प्रतिष्ठान कनकाईले मङ्गलबार १११ अौं भानुभक्त जयन्तीको अवसर पारेर कनकाई माविको सभाहलमा अायोजना गरेको एक बिशेष कार्यक्रममा सुवेदीलाई उक्त पुरस्कारले सम्मान गरेको हो ।

मनोजबाबु २०४५ असार २५ गते तेह्रथुममा जन्मिएर झापाको कनकाई नगरपालिका १ मा स्थायी बसोबास गर्दै अाउनु भएको थियो । उहाँको कोरोना संक्रमणका कारण २०७८ जेठ ११ गते अल्पायुमा निधन भएको थियो ।
पुत्र वियोगको पीडामा रहेका अनिरुद्र ओली र नन्दा अोलि दम्पत्तिले छोराको स्मृतिमा हरेक बर्ष स्रष्टा सर्जकलाई पुरस्कृत गर्ने उद्देश्यले गत बर्ष कनकाई प्रतिभा प्रतिष्ठानमा स्थापना गर्नुभएको दुई लाख रुपैयाँको अक्षयकोष बाट पहिलोपटक सुबेदिलाई पुरस्कृत गरिएको हो ।

सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथी पुण्यप्रसाद खरेल , कार्यक्रमका अध्यक्ष जिवनाथ सुवेदी , अक्षयकोष दाता अोलि दम्पती, रुद्र गौरी श्री अम्बिका अोली प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद अोली , कनकाई प्रतिभा प्रतिष्ठानका संस्थापक तथा पुर्व अध्यक्ष कोमल प्रसाद पोखरेल लगायतले दोसल्ला अोडाई नगद १५ हजार १ सय ११ रुपैयाँ सहित सम्मान पत्र बाट सम्मान गर्नुभएको थियोे । सम्मानित ब्यक्तिको परिचय साहित्यकार विष्णुप्रसाद कोईरालाले गराउनु भएको थियोे ।

त्यस्तै सोही कार्यक्रममा साहित्यकार मित्र प्रसाद दाहालको देवहूति महाकाव्यको बिमोचन प्रमुख अतिथि खरेल साथै अतिथिहरुको बाहुलिबाट गरिएको थियो । बीमोचित पुस्तकको परिचय साहित्यकार समालोचक भिम दाहालले गराउनु भएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि पुण्य प्रसाद खरेल , विशेष अतिथि गंगा प्रसाद अोली , बरिष्ठ पत्रकार चन्द्र भण्डारी , साहित्यकार राजेन्द्र सङ्ग्रौला लगायतले मन्तव्य राख्नु भएको कार्यक्रममा खगेन्द्रा खुशी , देविभक्त श्रेष्ठले रामायणका श्लोक वाचन गर्नुभएको थियोे ।

कार्यक्रममा संगीतकार हस्त परियार , संगीत साधना कलाकेन्द्र सुरुङ्गाका बिद्यार्थी दिया काफ्ले , अंकित राई , निर्जल राई ,अाकृती चौधरीले गित प्रस्तुत गर्नुभएको थियो भने साहित्यकार मातृका संग्रौला , मोक्ष खतिवडा , गणेश निरौला , जय भण्डारी , टंक विकल्प , विरेन्द्र खड्का विनोदी , बिश्वनाथ राजवंशी , असोक तिवारी लगायतले रचना वाचन गर्नुभएको थियोे ।

स्वर्गीय मनोजबाबुका छ दिदी भिनाजु साथै जिल्लाभरका साहित्कार सर्जकहरुको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत कनकाई प्रतिभा प्रतिष्ठानको मासिक साहित्य गोष्ठीका संयोजक निर्मल खतिवडाले गर्नु भएको थियो भने कार्यक्रम संचालन प्रतिष्ठानका उपाध्यक्ष डा. पुण्यप्रसाद पौडेल र सचिव प्रेम प्रभात न्यौपानेले गर्नुभएको थियोे ।