लियो क्लब अफ कनकाई सुरुङ्गाको अध्यक्षमा सुदिप शर्मा

ठोस खबर / लियो क्लब अफ कनकाई सुरुङ्गाको बर्ष २०२४/ २०२५ को अध्यक्षमा सुदिप शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
क्लबको अाईतबार सम्पन्न साधारण साभाले यस अघि प्रथम उपाध्यक्षको कार्यभार सम्हाली सक्नु भएका शर्मालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
शर्माको नेतृत्वमा रहेको समितिको प्रथम उपाध्यक्षमा सरोज ठाकुर , द्वितीय उपाध्यक्षमा विनिता बस्नेत , तृतीय उपाध्यक्षमा शिवम् वंशल , सचिवमा रोशन प्रसाईं , सह सचिवमा मिनु कुमारी दास , कोषाध्यक्षमा कृष्ण तिवारी , सह कोषाध्यक्षमा निशान खान चयन हुनु भएको छ । क्लबको कोअर्डिनेटर दिप उप्रेती , मेम्बर चेयर पर्सन संयम कटुवाल र टेमर याम दाहाल रहनु भएको छ ।
क्लबका पुर्व अध्यक्ष रविन गुप्ता संयोजक रहेको निर्वाचन समितिले उक्त कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडा , बिशिस्ट अतिथि लायन्स क्लब अफ कनकाई सुरुङ्गाका पुर्व अध्यक्षहरु मनोज बस्नेत , डम्बर थापा साजन , लियो क्लब अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लोकेन्द्र खड्का पंकज लगायतले सुदिप शर्मा नेतृत्वमा बनेको कार्य समितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियोे ।
क्लबका अध्यक्ष रमण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वागत सुदिप शर्माले गर्नु भएको थियो भने संचालन कोषाध्यक्ष रोशन प्रसाईंलाईले गर्नु भएको थियो ।
