झापा , ४ भदौ / झापाको शिवसताक्षि नगरपालिका वडा नं. ८ शिवालय टोलको अधिकारी परिवारमा घरयासि बिवादमा श्रीमानले गरेको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

स्थानिय बर्ष अन्दाजी ४७ का ओम प्रकाश अधिकारीले मंगलबार साझ ६ :३५ बजेको समयमा घरयासि बिवाद हुदा आफ्नै श्रीमति बर्ष अन्दाजी ३० की रन्जना गौतम अधिकारीलाई धारिलो हतियार (खुकुरि) ले घाँटिमा प्रहार गर्दा रन्जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरिले जानएको छ ।

धारिलो हतियार (खुकुरी) प्रहार गर्ने ओम प्रकाश अधिकारीलाई खुकुरी सहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।