झापा , ४ भदौ / झापाको मेचिनगरमा बुवाले खुर्पा प्रहार गर्दा छोरो घाइते भएका छन ।

मेचीनगर नगरपालिका ३ दोकानडाँडा बस्ने बर्ष ५७ को पुण्य प्रसाद दाहालले खाना खाने विषयलाई लिएर बिवाद हुदा अाफ्नै छोरो बर्ष ३० को डिल्लीराम दाहाललाई एक्कासी धारिलो हतियार (दाउ) ले टाँउकोको पछाडी भागमा प्रहार गर्दा छ‍ोरो डिल्लीराम सामान्य चोट लागी घाईते भएक‍ो र उनलाई उपचारको लागी स्थानिय मेडिकल दोकानडाँडामा लगि उपचार भईरहेको प्रहरिले जनाएको छ ।

घाईते डिल्लीरामको अवस्था सामान्य रहेको र दाउ प्रहार गर्ने बुवा पुण्य प्रसादलाई प्रहरिले हतियार सहित नियन्त्रण लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।