अर्जुनधाराबाट कटुवा पेस्तोल सहित एक जना नियन्त्रणमा

झापा / झापाको अर्जुनधाराबाट प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडाबाट अवैध रुपमा लुकाई छिपाई राखेको हातहतियार कटुवा पेस्तोल सहित स्थानिय बर्ष अन्दाजी ६२ को ईन्द्र बहादुर आङ्देम्बेलाई मंगलबार वेलुका ८ बजे प्रहरिले नियन्त्रणमा लिएको हो ।
गोप्य सुचनाको आधारमा प्रहरीले अाङ्देम्वेको घर परिसरमा तलासी लिदा निजको घर देखी अन्दाजी ५ मिटर दक्षिणमा रहेको कुखुराको खोरको कासको छानो भित्र पहेलो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल फेला परेको र उक्त पेस्तोलसहित अाङ्देम्वेलाई नियन्त्रणमा लिई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान सुरु गरिएको प्रहरिले जनाएको छ ।
