ठोस खबर /झापाको कनकाइ नगरपालिका वडा नम्बर ७ स्तरीय सरस्वती वडा बाल संजालको अध्यक्षमा रिजन तिम्सिना चयन भएका छन ।

कनकाई नगरपालिका ७ दुर्गापुर स्थित फक्तालुङ एजुकेसन फाउन्डेसनमा बुधबार सम्पन्न बाल संजाल पुर्न गठन तथा बालमैत्री अभिमुखीकरण कार्यक्रमबाट वडा स्तरिय बाल संजाल सरस्वती बाल सन्जालको अध्यक्षमा रिजन तिम्सिना चयन भएका हुन ।

तिम्सिनाको अध्यक्षतामा पछि कार्य समितिले एक जना सदस्य मनोनित गर्ने गरी गठित १३ सदस्यीय बाल सन्जालको उपाध्यक्षमा सुलभ रिमाल , सचिवमा अम्बिका गोस्वामी , सहसचिवमा सरोज रिजाल र कोषाध्यक्षमा रेश्मा घिमिरे चयन भएका छन ।

त्यसै गरी सदस्यहरुमा सिखा सेन्चुरी , निरज सुवेदी , धिरज न्यौपाने , दिक्मला लामिछाने , आयुशा बस्नेत , सागर गौतम , मुक्साम नेम्बाङ चयन भएको बाल संजालका निवर्तमान अध्यक्ष सुप्रीम पौडेलले जानकारी गराएका छन ।

कनकाई नगरपालिका ७ को वडा सदस्य निर्मल आङथुपोको प्रमुख अातिथ्यतामा भएको बालमैत्री अभिमुखीकरण कार्यक्रममा सहजिकरण कनकाई नगरका बालकल्याण अधिकारी उमानाथ ढकालले गरेका थिए ।
कार्यक्रममा कनकाई ७ का वडा सदस्य भगन टुडुको विषेश अातिथ्य रहेको थियो भने फक्तालुङ एजुकेसन फाउन्डेसनका व्यबस्थापन समिती अध्यक्ष दुर्गा नेम्बाङ , प्रीन्सिपल ओम बिक्रम नेम्वाङ , जनकल्याण समाज दुर्गापुरका अध्यक्ष लिला बाहदुर कन्दङ्वा , नगर बाल संजालका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।
सन्जालका निवर्तमान अध्यक्ष सुप्रीम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत निवर्तमान उपाध्यक्ष अम्बिका गोस्वामीले गरेकी थिईन ।