ठोस खबर / घरको कम्जोर अार्थिक अवस्थाको कारण कमाउन भनि गत असार ४ गते भारत जाने क्रममा रेल बाटै हराएका कनकाई नगरपालिका ५ निवासि तेजप्रकाश लिम्बु हराएको २ महिना बितिसक्दा पनि भेटिएका छैनन् ।

उनि अाफ्ना छिमेकी साथी राजु मगरको साथमा असार ४ गते जलपाई गुडीबाट रेल चडेर भारतको महाराष्ट्र बम्बई तर्फ लागेका थिए ।

रेलको यात्रामा लगभग ३६ घण्टा सम्म साथी संगै रहेका उनि साथी निदाएको बेला रातको ११ बजे देखी बिहान ६ बजेको बिचमा हराएको उनि संगै गएका साथी राजु मगरले बताएका छन । मगरका अनुसार संगै यात्रामा रहेको बेला अाफु रातको ११ बजे निदाएको र बिहान ६ बजे विउँझता लिम्बुको झोला मात्रै रहेको र लिम्बु नभएको पाए पछि सोहि स्थानमा अोर्लिएर खोजतलास गर्दा उनि नभेटीएका हुन । लिम्बुको अझैसम्म अत्तोपत्तो छैन ।

यता ८६ बर्षिय बुबा , श्रीमती र दुई छोराका साहारा लिम्बू हराए पछि लिम्बु परिवार मात्र नभएर सीङ्गो समाजनै चिन्तामा परेको छ ।

उनको खोजीका लागी समाज , वडा र नगरवाट समेत पहल भईरहेको छ भने समाज , वडा र नगर पालिकाबाट सहयोग रकम जम्मा गरी श्रावण ५ गते लिम्बुका सालो सन्तोष तामाङ , लिम्बु संगै गएका साथी राजकुमार मगर र छिमेकी एकजना गरि तिनजनालाई भारत पठाइएको कनकाई ५ का बडा अध्यक्ष कृष्ण राईले जानकारी गराएका छन ।

तेस्तै स्थानिय भिम बहादुर लिम्बु , गंगाराम अधिकारी , रमेश चन्द्र दाहाल लगायत लिम्बूको खोजिकार्यमा सक्रियरुपमा लागेका छन भने सबैले सकेको सहयोग गर्न अपिल समेत गरेका छन ।

लिम्बु हराएको थाहा पाएदेखी हर तवरले खोजिकार्यमा जुटेका र खोजी कार्यको लागी अपिल गर्दै अाएका वडा नं. ५ का वडा सदस्य डिल्लु उप्रेतीले वडाको पत्र सहित नेपाल भारत सिमामा पुगी त्यहाको प्रशासन संग समन्वय गरेर खोज्न जाने टोलिलाई सहजिकरण गरिदिन अनुरोध समेत गरेका छन ।

श्रीमान हराएपछि अाशुको घुट्को पिउदै श्रीमान अाउने बाटो हेर्दै बसेकी लिम्बुकी श्रीमती साबित्राले अाफ्नो श्रीमानलाई जो कोहीले जस्तो सुकै अबस्थामा देखे भेटे पनि नजिकको प्रहरि समक्ष वा फोन नम्बर ९८१६०१०००२/९८०१९४५६४१ मा खबर गरिदिन अनुरोध गरेकी छन भने गाउ समाज , स्थानिय सरकार , प्रहरी प्रशासन लगायतलाई खोजिकार्यमा जुटिदिन अपिल समेत गरेकी छन ।