ठोस खबर / कमाउन भनि गत असार ४ गते भारत जाने क्रममा रेल बाटै हराएका कनकाई नगरपालिका ५ नारायण दाहाल चोक निवासि तेजप्रकाश लिम्बु लाई खोज्न गएको टोली फर्कीएको छ ।

अाफ्ना छिमेकी साथी राजु मगरको साथमा असार ४ गते जलपाई गुडीबाट रेल चडेर भारतको महाराष्ट्र बम्बई तर्फ लागेका तेज प्रकाश रेलको यात्रामा लगभग ३६ घण्टा सम्म साथी संगै रहेको र साथी निदाएको बेला रातको ११ बजे देखी बिहान ६ बजेको बिचमा हराकएका छन ।

उनि हराए पछि उनको खोजीका लागी समाज , वडा र नगरवाट समेत पहल भईरहेको छ भने समाज , वडा र नगर पालिकाबाट सहयोग रकम जम्मा गरी श्रावण ५ गते लिम्बुका सालो सन्तोष तामाङ , लिम्बु संगै गएका साथी राजकुमार मगर र छिमेकी एकजना गरि तिनजनालाई भारत पठाइएको थियोे ।

भारत गएको टोलिले सम्भावित ठाउहरुमा खोजी गर्नुका साथै पर्चा पम्पेल्ट टास गरेको छ भने त्यहाका नेपाली हरुलाई खोजिकार्यको लागि अपिल गरेको हराएका ब्यक्ति तेज प्रकाशका सालो सन्तोष तामाङले खोजीकार्य बाट फर्किए पछि जानकारी गराएका छन । तेस्तै खोजिकार्यमा रहदा त्यहाँको पुलिस प्रशासन संग बुझ्दा लिम्बु हराएको समय पछि अहिले सम्म कुनै पनि अप्रिय सुचना नअाएको भन्ने बुझिएको र रेलवे स्टेसन लगायतमा पनि सम्पर्क गरी जानकारी गराएको तामाङले वताए । खोजीकार्यको सविस्तार बताउदै तामाङले अाएका समस्या समेत जानकारी गराए ।

कनकाई ५ का बडा अध्यक्ष कृष्ण राईले विभिन्न मिडिया , सामाजिक सञ्जाल बाट लिम्वुको खोजिका लागि पहल गरिएको बताउदै लिम्बुलाई खोज्न गएको टोली फर्कीए पनि उनको खोजी कार्यमा उनलाई लिएर जाने साथी राजु मगर , उनको परिबार , समाज निरन्तर जुट्ने वताउदै सामाजिक सञ्जाल प्रयोगकार्ता लाई समेत सञ्जाल मार्फत खोजिकार्यमा सक्रिय भईदिन अपिल गरेका छन ।

उनि संगै गएका साथी राजु मगरले अाफुसंगै गएको साथी हराएकोमा दुख ब्यक्त गर्दै नभेटिदा सम्म अाफ्नो दैनिक कार्य सगै खोजिकार्यमा लाग्ने प्रतिवद्धता जनाएका छन ।

तेस्तै कनकाई नगरपालिका वडा नं. ५ का वडा सदस्य डिल्लु उप्रेती , स्थानिय भिम बहादुर लिम्बु , गंगाराम अधिकारी , रमेश चन्द्र दाहाल , तारा सम्यहङ लिम्बू लगायतका स्थानिय लिम्बूको खोजिकार्यमा सक्रियरुपमा लागेका छन भने सबैले सकेको सहयोग गर्न अपिल समेत गरेका छन ।

श्रीमान हराएपछि अाशुको घुट्को पिउदै श्रीमान अाउने बाटो हेर्दै बसेकी लिम्बुकी श्रीमती साबित्राले अाफ्नो श्रीमानलाई जो कोहीले जस्तो सुकै अबस्थामा देखे भेटे पनि नजिकको प्रहरि समक्ष वा फोन नम्बर ९८१६०१०००२/९८०१९४५६४१ मा खबर गरिदिन अनुरोध गरेकी छन भने गाउ समाज , स्थानिय सरकार , प्रहरी प्रशासन लगायतलाई खोजिकार्यमा जुटिदिन अपिल समेत गरेकी छन ।