मनोज बस्नेत , ठोस खबर / नेपाल महिलासंघ कनकाइ नगर समितिले सम्पुर्ण नेता र कार्यकर्ता सहितको सहभागितामा तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ ।

“सामुहिक एकता र सस्कृती संरक्षण” भन्न मुल नाराका साथ कनकाई उधोग वार्णिज्य संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा राजवंशी, सन्थाल, पुरानो सस्कृती झल्कने आमाहरुले सङ्गीनी नृत्य लगायत विभिन्न समुदायको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल महिलासंघ कनकाइ नगर सभापति रेनुका उप्रेती मैनालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कनकाइ नगर उपप्रमुख आशा शर्मा सिवाकोटी , अतिथिहरु नेपालि काङ्ग्रेसका कार्यवाहक जिल्ला सभापति केशवराज पाण्डे , महाधिवेशन प्रतिनिधि पर्शुराम ढुङ्गाना , कनकाइ नगर सभापति दुर्गाप्रसाद प्रसाईं , नेपाल महिलासंघ क्षेत्र नम्बर २ कि उपसभापति यसोदा उप्रेती, नगर नेता रुद्रप्रसाद चिमरिया , नगरसचिव रेणुप्रसाद कडेल , लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा कनकाइ वडा नम्बर ४ की ज्येष्ठ माता मनमाया चाहारलाई जेष्ठ माता भइकन पनि कार्यक्रम सुरुदेखि अन्त्यसम्म रहनुभएकोमा उहाको सक्रियता र योगदानलाई मूल्यांकन गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ४ सय जना भन्दा बढीको उपस्थितिमा भएको उक्त कार्यक्रममा विहानी महिला समूह कनकाइ १ को तर्फबाट संगीनी नृत्यका साथै विभिन्न एकल तथा सामुहिक नृत्य सहितको सकृय सहभागिता रहेको थियो ।
त्यस्तै राजवंशी समुदायको एकल र सामुहिक नृत्य, तिजका गीतमा दिदीबहिनीहरुको सामुहिक र एकल रुपमा छमछमी नाच्दै एक अर्कामा भावनात्मक एकता कायम गर्दै कार्यक्रम गरिएको थियोे । कार्यक्रमको सन्चालन नेपाली काङ्ग्रेस वडा नम्बर ४ का उपसभापति गीता खरेलले गर्नुभएको थियो ।