कनकाई / झापा क्षेत्रनम्बर ४ अन्तर विद्यालय स्तरीय कराते प्रतियोगितामा झापा कनकाई नगरपालिका ३ स्थित देवकोटा एजुकेशन फाउन्डेशनको टिम प्रथम भएको छ ।

देवकोटा एजुकेशन फाउडेन्शनको सभाहलमा आयोजित प्रतियोगितामा झापा क्षेत्रनम्बर ४ का १५ विद्यालयको सहभागिता रहेको थियो । देवकोटाले १२ स्वर्ण र ११ वटा रजत पदक प्राप्त गर्दै प्रथम हुदा बालनिकुञ्ज स्कुल शिवसताक्षीले दोस्रो स्थान हासिल गरेको छ । बालनिकुञ्जले ६ स्वर्ण र ५ रजत पदक ल्याउदै दोस्रो स्थान हासिल गरेको छ । यसैगरि कनकाई नगरपालिका ५ स्थित बेनुबाजा अंग्रेजी विद्यालयले ५ स्वर्ण र ४ रजत पदक सहित तृतिय स्थान हासिल गरेको प्रशिक्षक राजेन्द्र सुब्बाले जानकारी दिनुभयो ।

झाप जिल्ला कराते महासंघको समन्वयमा भएको प्रतियोगिताको आयोजना देवकोटा सितोरियो कराते डोजोले गरेको थियो भने देवकोटा एजुकेशन फाउण्डेशन सहआयोजक रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सामाजिक व्याक्तित्व खडगबहादुर कार्कीले विद्यालयहरुले विद्यार्थीलाई किताबी किरो मात्रै नबनाएर उनीहरु हरेकमा रहेको अन्तनिहित क्षमतालाई अगाडि ल्याउनका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्कीले नेपालका तीनै तहका सरकारले कराते खेललाई विद्यालयका अन्य विषयका शिक्षा जस्तै कोर्षमै समेटेर लैजानुपनृृेमा समेत जोड दिनुभयो ।

जिल्ला कराते महासंघ सचिव राजेन्द्र लिम्बुको सभापतित्वमा आयोजित करोते प्रतियोगितामा प्रतियोगिता व्यावस्थापन जिल्ला कराते महासंघका प्रवक्ता समेत रहनुभएका जगत कार्की दुर्वासा रहनुभएको थियो । कनकाई नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष रोषन सुवेदी, झापा गाउँपालिका २ का वडाध्यक्ष हिमाल चम्लगाई, ५ का वडाध्यक्ष कृष्ण राजवंशी, देवकोटा एजुकेशन फाउण्डेशनका अध्यक्ष विष्णुकुमारी उप्रेती, पिन्सिपल केवल प्रसाई, राखेप प्रशिक्षक कृष्ण बस्नेत, अन्तराष्ट्रिय पदक बिजेता दुर्गानाथ निरौला, करातेका क्षेत्र नम्बर ४ का संस्थापक अध्यक्ष राम पाठक, कराते महासंघ झापा जिल्ला उपाध्यक्ष जीवन राई, कनकाई नगर ब्यासनका अध्यक्ष बिनोद सुब्बा, ग्लोबल एडुकेयर एकेडेमीका पिन्सिपल बिमान लामा, खेलप्रेमी महेश्वर शिवाकोटी, चन्द्रकला श्रेष्ठ, मिरा शिवाकोटी, पुजा श्रेष्ठ लगायातको आतिथ्यता रहेको उक्त प्रतियोगितामा अन्तराष्ट्रिय पदक बिजेता दुर्गानाथ निरौलालाई सम्मान समेत गरिएको थियो ।