कनकाई /कनकाई नगरका बंगाली समुदायले हरेक बर्षकाझै यस बर्ष पनि मनसा देविको पूजा अारधना साथै विविध सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।

बुधबार सुरुङ्गामा पुजाको तयारीका वारेमा आयोजक संस्था बंगाली समाज सेवा समिति कनकाईले पत्रकार सम्मेलनको आयोजना गरि पुजाको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बंगाली समाज सेवा समितिका संस्थापक अध्यक्ष पंकज मण्डलले यसबर्ष पनि अघिल्ला बर्षहरुकाझै यहि भदौ २२ गते शनिवारदेखि पूजालाई भब्य रुपमा मनाइने जानकारी दिनुभयो ।

संस्थागत रुपमा यसरी बंगाली समुदायले सामुहिक रुपमा मनाउदै अाएको मनसादेविको पुजा देशमै पहिलो रहेको र कनकाईका बंगाली समाजले देशका तमाम बंगाली समुदायलाई जागरुक गराउनका लागि पनि विगत ४ बर्षदेखि यसरी पुजा गर्दै आइरहेको अध्यक्ष मण्डलले बताउनु भयो ।

शनिवार सबैले स्नान गरि न्वाईखाने र ब्रत बस्ने यसैगरि २३ गते सुरुङ्गा कालिस्थान मन्दिरबाट कलश यात्रा गर्दै कनकाई माई पुगेर सोहि स्थानमा आउने र विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिने , सोहि दिन बेलुकी पुष्पाञ्जलि कार्यक्रम गरिने र मनसादेविको पुजाको विर्सजन भने सोमवार भदौ २३ गते गरिने अध्यक्ष मण्डलले जानकारी गराउँनुभयो ।

पूजाका लागि सबै आर्थिक र पुजा व्यावस्थापनको कार्यहरु सकिएको पुजा मुल समारोह समितिका संयोजक जन्मेजय मण्डलले बताउँनुभयो ।

पुजा व्यावस्थापनका लागि विभिन्न उपसमितिहरु मनसा थान सरसफाई उपसमिति, मनसादेवि मुर्ति ल्याउने उपसमिति, आर्थिक उपसमिति, कार्यक्रमको अनुगमन उपसमिति, सास्कृतिक कार्यक्रमको आयोजना गर्ने उपसमिति लगायात रहेको बंगाली समाज सेवा समिति कनकाईका सचिव रविन मण्डलले बताउँनुभयो ।

कलश यात्रा र पुजा अवधिभर बंगाली समाजका सदस्य र महिलाहरुले आफ्नो परम्परागत भेषभुषामा रहने र कलश यात्रामा डाँकबाजा तालमा सबैजना हिडने समेत समाजकी सहसचिव मिना मण्डलले बताउँनुभयो ।

कनकाई नगरमा करिब ५० परिवार बंगाली घरपरिवारहरु यस समाजमा आवद्ध रहेको र यो सङ्ख्या बढदो क्रममा रहेको बंगाली समाजका उपाध्यक्ष दिगम मण्डलले बताउँनुभयो । बंगाली समाजले सास्कृतिक कार्यक्रम र पूजा लगाउनेदेखि लिएर अन्य सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।