झापा / गाई ह त्या अारोपमा झापाको दमकबाट प्रहरिले एक महिला सहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत मंगलबार रातको समयमा झापाको दमक नगरपालिका वडा नं. २ बस्ने लछुमन बिष्टको दमक नगरपालिका वडा नं. १ स्थित पानी ट्याङकी गोठमा बाँधी राखेको २ महिनाको गर्भेणी समेत रहेको गाईलाई चोरी गरी उक्त गोठ देखी अं.१०० मिटर पूर्व तर्फ रहेको खाली प्लटिङ जग्गामा लगि टाउकोमा बन्चरो प्रहार गरि मारेर खुट्टा करङ तथा घाँटीको मासु काटी लगेर अन्य शरिरको भाग मात्र घटना स्थलमा छोडेको अवस्थामा फेला परेको थियोे । गाई मृत अवस्थामा फेला परेपछी प्रहरिले गौ ह*त्यामा संलग्नको खोजिकार्य तिव्र बनाएको थियोे ।

यसैबीच उक्त घटनामा प्रयोग भएको खुकुरी थान १, बन्चरो थान १ र मासु बोक्न प्रयोग गरेको झोला थान १ सहित प्रहरिले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. २ बेलडागी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने बर्ष ४४ को प्रेम बहादुर बिष्ट ,दमक नगरपालिका वडा नं. ३ बेलडागी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर A3 -२०८ बस्ने बस्ने बर्ष ३८ को खगेन्द्र दुलाल , दमक नगरपालिका वडा नं. ३ बेलडागी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर A2- १२० बस्ने बस्ने बर्ष ३२ को बिधान थापा र दमक नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४५ की गिता श्रेष्ठ रहेको जिल्ला प्रहरीले जानकारी गराएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारि रहेको प्रहरिले जनाएको छ ।