झापा / झापाको  बिर्तामोड स्थित मनमोहन हस्पिटलमा एक बृद्धाको पाठेघरको शल्यक्रियापछि मृत्*यु भएको छ । मेचीनगर ३ की ६४ वर्षीया सुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर सुकमायालाई हिजो मङलबार साँझ ५ बजे मनमोहन हस्पिटलमा भर्ना गरिएको थियो ।


उनको राति २ बजे शल्यक्रिया गरिएकोमा आज दिउँसो १ बजे मृत्*यु भएको हो । बिरामीको मृत्युपछि मृतकका आफन्तहरुले अस्पतालमा विवाद गरेका थिए ।

मृतकका आफन्त र प्रशासन पक्षबीच छलफल भएर विवाद मिलाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए । मृतकका आफन्तले शब बुझेर लगेका छन् । 

 बिरामीको मृ*त्यु भएपछि उपचार खर्च अस्पतालले नलिनेलगायतका सहमति भएको आफुले सुनेको डिएसपी बिष्टले बताए । उनले सहमती हुंदा प्रहरीको उपस्थिति नरहेको बताए ।