अर्जुनधारा महानन्द चोकमा छुरा प्रहार गरी ईलामकी मनिषाको ह*त्या

बिर्तामोड , २८ भदौ / झापाको अर्जुनधारा-६ महानन्द चोकमा इलाम सूर्योदयकी मनिषा लोहारको छुरा प्रहार बाट हत्या भएको छ ।
शनिश्चरे रोडस्थित महानन्द चोकमा आज शुक्रवार साँझ ६ बजेर ४० मिनेटमा एक युवकले लगातार छुरा प्रहार गर्दा सुर्योदय नगरपालिका १० फिक्कल घरभई हाल बिर्तामोडमा रहदै आएकी १९ बर्षिय मनिसा लोहार छुरा प्रहारबाट गम्भीर घाइते भए पछि उपचारको क्रममा साँझ ७ बजे बिएण्डसी अस्पतालमा निधन भएको र उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ।
कैलाली गौरीगंगा नगरपालिका वडा नम्बर-३ बस्ने बर्ष-२० को अनिल बिकले शुक्रबार साँझ ६:४० बजे लोहारमाथि छुरा प्रहार गरेका थिए ।
छुरा प्रहार गर्ने अनिल विकको समेत अवस्था गम्भीर रहेको छ । उनलाई उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्ने क्रममा प्रतिकार गर्दा बिक घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि कन्काई, बिर्ता सिटी, बिएण्डसी अस्पताल हुँदै मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । उनको टाउकोमा चोट लागेको बताइएको छ।
मनिषा बिर्तामोड-५ स्थित पाथिभरा टोलमा बस्दै आएको र उनीहरू प्रेमीप्रेमिका भएको बुझिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बिष्टले जानकारी दिए।
