चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाई नगरपालिकामा आश्विन संक्रान्ति अर्थात् विश्वकर्मा बाबाको पूजा आरधना गरी वास्तु तथा विश्वकर्मा पूजा गरिएको छ ।

नगर सवारी चालक ईकाई कनकाईको आयोजना तथा कनकाई नगरको व्यवस्थापनमा मंगलबार कनकाई नगर परिसरमा विश्वकर्मा बाबाको पूजा आरधना गरिएको हो ।

नगर सवारी चालक ईकाईका ईन्चार्ज रोहित कुमार कोईरालाको सभापतित्वमा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी विशेष आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा नगरका सबै सवारी साधन तथा सवारी साधनमा प्रयोग हुने उपकरण, तथा औजारलगायतको पूजा गरी विश्वकर्मा बाबाको पुजा गरिएको थियोे ।
कार्यक्रममा पाठ पारायण तथा पुजा आरती समेत गरिएको थियोे ।

कार्यक्रमकैबीच सवारी चालक तथा कार्यक्रमका सभापति कोईराला , चालक याम प्रसाद अधिकारी, सोभित राई, मजेबुल मियाँ , डोर बहादुर मगर, अजय ऋषिदेब , रुद्र ब.दाहाल , साईमन ठटाल लगायतलाई सम्मान समेत गरिएको थियोे ।

विश्वकर्मा पुजा कार्यक्रममा कनकाई वडा न ४ का अध्यक्ष रोषन सुवेदी , निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रप्रसाद शर्मा, योजना शाखा जमुना कटुवाल ,विभिन्न शाखा प्रमुख तथा अन्य कर्मचारी लगायतको सहभागी रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत चालक मजेबुल मियाँले गरेमा थिए भने सन्चालन चालक याम प्रसाद अधिकारीले गरेका थिए ।

विश्वकर्मा पुजामा आआफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, औजारलगायतको पूजा गरी विश्वकर्मा पूजा गरिने प्रचलन रहेको छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पूजा गरिने प्रचलन छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रमन्थनमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा–आराधना गर्छन् । यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रको पूजा गर्ने चलन छ। प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन् । विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढ उनको पूजा–आराधना गर्छन् । विश्वकर्माको मूर्ति विभिन्न नदि मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ ।