बिर्तामोड , १४ असोज / बिर्तामोड १० ठुटेबरमा गए राती भएको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक अनिस न्यौपानेको मृत्यु भएको छ ।

बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल बिपरित दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड १० बस्ने २७ वर्षीय अनिस न्यौपाने गंभीर घाइते भएका थिए । टाउको र  खुट्टमा चोट लागेका न्यौपानेको बीएण्डसी हस्पिटलमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका टिकाराम राय घाइते भएका छन् । सामान्य अबस्थाका उनको बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ ।