शिवसतासी , १८ असोज /  झापाको शिवसताक्षी स्थित दुधे – शिवगञ्ज सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार साँझ शीवसतासी वडा नम्बर ११ कि ७५ वर्षीया विष्णु माया विष्टलाई प्रदेश १–०३–० ०१प ४१५९ नम्बरको मोटरसाइकले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बिष्टलाई तत्काल उपचारका लागि बिएनसी अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा शुक्रबार बिहान १०ः३० बजे मृत्यु भएको वताईएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक गौरीगञ्जका प्रेमकुमार राजवंशीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।