ठोस खबर / विगतका बर्षकाझै यस बर्ष पनि बडा दशैको अवसर पारेर झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेल मैदानमा फुलपातिका दिन बृहत् सन्थाल मेला लाग्ने भएको छ ।

अगाडिका बर्षझै यस बर्ष पनी कनकाई खेलकुद प्रतिष्ठानको अायोजनामा हुदै अाएको सन्थाल मेला असोज २४ गते फुलपातिका दीन संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख अातिथ्यमा भब्य रुपमा लगाउन लागीएको अाईतबार सुरुङ्गामा अाय‍जना गरेको पत्रकार भेटघाट कार्यक्रममा मेला अायोजक समितिका संयोजक गोपाल खरेलले जानकारी गराउनु भयो ।

केहि बर्ष अगाडि कनकाई नगरपालिका ३ योगमाया सालिक क्षेत्रका स्थानीयले सुरुगरेको सन्थाल मेलालाई निरन्तरता दिदै कनकाई खेलकुद प्रतिष्ठानले अायोजना गर्न थालेपछि यस बर्ष तेस्रो पटक सन्थाल मेला अायोजना गरिएको प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले वताउनु भयो ।

प्रतिष्ठानले अाफ्नो अतिरिक्त कृयाकलाप अन्तरगत लोप हुँदै गहिरहेका सन्थाल समुदायको संरक्षण र उनिहरुको कला सस्कृतीको जगेर्ना गर्नु पर्छ भन्ने उदेश्यले बडा दसैको फुलपातीका दिन झापा मोरङ सुनसरी लगायत अन्य छेत्रमा बसोबास गर्दै आइरहेका संथाल समुदायलाई समेट्दै प्रतियोगितात्मक बृहत् कनकाइ सन्थाल मेलाको आयोजना गरेको र अागामी हरेक बर्षहरुमा पनि फुलपातीका दिन यो मेला अायोजना गरीने अध्यक्ष थपलियाले जानकारी गराउनु भयो ।

प्रतिस्पर्धात्मक सन्थाल मेलामा २० बटा भन्दा माथी समुहको सहभागीत रहने वताईएको छ । अनुमानित खर्च ३ लाख ९८ हजारमा सम्पन्न गर्ने गरि अायोजना गरिएको प्रतिस्पर्धामा प्रथम हुने समुहले नगद ३५ हजार , द‍ोस्रोले नगद ३० हजार , तेस्रोले नगद २५ हजार , चौथोले नगद २० हजार र पाचौंले नगद १८ हजार प्राप्त गर्ने छन भने प्रतियोगितामा सहभागी जनाउने अन्य सबै समुहलाई १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने मेलाका अार्थिक संयोजक समेत रहेका प्रतिष्ठानका अध्यक्ष थपलियाले जानकारी गराउनु भयो ।

हरेक बर्ष प्रतियोगीता सन्चालनमा सहयोग गर्दै अाएको कनकाई नगरपालिका यस मेलाको प्रमुख संरक्षक रहेको छ भने नगरले यस बर्षबाट २ लाख ५० हजार रुपैयाँ रातो किताबमै बजेट छुट्याएर सहयोग लाई निरन्तरता दिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन कनकाई नगरपालिका ३ टप्पु निवासी पुष्प संग्रौला परिवारबाट भएको छ । तेस्तै दोस्रो पुरस्कारको प्रायोजन एलेक्स कन्ट्रक्सन प्रालिका प्रोप्राईटर कनकाई नगरपालिका ३ निवासी डम्बर फुयालबाट भएको र प्रथम र दोस्रो पुरस्कार अागामी बर्ष पनि निरन्तर उहाहरुबाटै गर्ने प्रतिबद्धता रहेको पनि पत्रकार भेटघाटमा जानकारी गराईएको छ । तेस्तै सान्त्वना एउटा पुरस्कारको प्रायोजन कनकाई सामुदायिक वनले गरेको छ । नपुग थप रकम विभिन्न संघसंस्था , चन्दादाता र अायोजक बाटै जुटाई प्रतियोगिता सम्पन गरिने पनि पत्रकार भेटघाटमा जानकारी गराईएको छ ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेतीले सुरुङ्गामा लगाईदै अाएको सन्थाल मेलालाई हरेक बर्ष परिस्कृत गर्दै अाएको र यसलाई अझ स्तरिय र व्यवस्थित बनाई देशकै उत्कृट मेला बनाउन प्रतिष्ठान निरन्तर लागि परेको वताउनु भएको छ ।

मेला सम्पन्न गर्न गोपाल खरेलको संयोजकत्वमा २५ सदस्यीय मुल अायोजक समिति बनाईएको छ । त्यस्तै प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको संयोजकत्व र समुहकी सचिव मान्ता खरेल र चित्रा श्रेष्ठ सदस्य रहेको अार्थिक उपसमिति , प्रतिष्ठानका उपाध्यक्ष अम्बिका खरेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति , प्रतिष्ठानका उपसचिव भुवन खतिवडाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति , प्रतिष्ठानका उपसचिव रमेश मैनालीको संयोजकत्वमा मंच व्यवस्थापन उपसमिति र सुनिल मुर्मुको संयोजकत्वमा स्वयंसेवक उपसमिति तयार गरी जिम्मेवारी सुम्पेको पनि पत्रकार भेटघाटमा जानकारी गराईएको छ ।

पत्रकार भेटघाटमा प्रतिष्ठानका संसथापक अध्यक्ष ज्योति कुमार उप्रेती , अध्यक्ष छवि थपलिया , उपाध्यक्ष अम्बिका खरेल , सचिव मान्ता खरेल , उपसचिव द्वय , रमेश मैनाली र भुवन खतिवडा , सल्लाहकार द्वय राजेन्द्र उप्रेती र नारायण पोखरेल , सन्थाल समुदायबाट सुनिल मुर्मु लगायतको उपस्थित रहेको थियो ।