इलाम / इलामे गायक प्रवीन बिसीको नयाँ गीत ‘एकादेशको कथा’को म्युजिक भिडियो विहिबार साझ सार्वजनिक हुने तयारीमा छ । 

सूर्योदय नगरपालिकाका विभिन्न पर्यटकीयस्थलमा छायांकन गरिएको भिडियो दसैँको अवसरमा सार्वजनिक गर्न लागिएको गायक बिसीले बताए । 
‘स्थानीय ठाउँमा, स्थानीय कलाकारको अभिनयमा भिडियो तयार बनाएका छौँ,’ उनले भने, ‘गीतको ट्रेलर सार्वजनिक भइसक्यो । दसैं अवसर पारेर असोज २४ गते साँझ ‘मेरो प्यारो इलाम’को आधिकारिक युट्युब च्यानलबाट भिडियो सार्वजनिक गर्दैछौँ ।’

हिकस राईको निर्देशनमा एचकेआर प्रोडक्सनले तयार गरेको भिडियोमा अनिस कट्टेल, सविना लिम्बू, रीतिका राई, युवराज राईको मुख्य अभिनय छ । भिडियोको कथावस्तु उमेश पौडेलले लेखेका हुन् । 

खड्का वेदनाको शब्द, पङ्कज सिग्देलको संगीत र प्रवीन बिसीको आवाजमा रहेको गीतले माया, प्रेममा परेका जोडीको प्रेमिल पल र वियोगको कथालाई देखाउन खोजेको बताइएको छ ।