कनकाई / झापाको कनकाई नगरपालिकाबाट लागुऔषध सहित एकजना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कन्काई नगरपालिका वडा नं. ४ त्रिवेणी टोल बस्ने अन्दाजी बर्ष ३१ को डम्बर बहादुर माझी रहेको झापा प्रहरिले जनाएको छ ।

माझीले लागुऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङगाको प्रहरी टोलीले बिहिबार कन्काई नगरपालिका वडा नं. ४ त्रिवेणी टोल बाट नियन्त्रणमा लिई चेकजाच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्लाष्टिक सहित १ ग्राम ७०० मिलि ग्राम र प्लाष्टिक बाहेक ६४० मिलिग्राम फेला परेपछी लागुअौषध सहित माझीलाई नियन्त्रणमा लिएको बताईएको छ ।

माझीलाई प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरि झापाले जनाएको छ ।